August 16, 2022
पाँच दलभित्र भएको सहमति अनुसार नै उनीहरु चुनाव लड्ने:उपसभापति गुरुङ
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन पाँच दलको चुनाव चिन्ह लिएर निर्वाचन लड्न कोही आउँछ भने त्यसमा आपत्ती जनाउन नहुने बताएका छन् ।
बाबुराम भट्टराई र वामदेव गौतम नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा लडने निर्णय भए लगत्तै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।
पाँच दलभित्र भएको सहमति अनुसार नै उनीहरु चुनाव लड्ने उनले बताए । उपसभापति गुरुङले भट्टराई र गौतम माओवादी केन्द्रले पाउने सिट भित्रबाटै लडने दावी गरे । गुरुङले भने, ‘जो मिसिए पनि उहाँहरु समेत पाँच दलीय गठबन्धन भित्र हुने सहमतिअनुसार नै चुनाव लडने बताए ।’
गठबन्धन दलबीच सिट बाँडफाँटमा कुनै विवाद नरहेको बताउँदै गुरुङले कांग्रेसले अधिकतम सिटका लागि प्रयत्न गर्ने बताए ।