दसगजा भित्र भारतीय सुरक्षाकर्मी बसेर आफ्मो गतिबिधि संचालन गर्दा पनि नेपाली सुरक्षाकर्मीहरु रमिते

बिराटनगर। भारतीय सएसपीले नेपाल भारत दसगजा सिमा अतिक्रमण गरि आफ्नो काम कारवाही अगाडी बढाउदा पनि नेपाली पक्ष्य मुखदर्शक भएर बसेका छन।

रानी बिराटनगर देखि जोगवनी जाने बाटो दसगजा भित्र भारतीय सुरक्षाकर्मी बसेर आफ्मो गतिबिधि संचालन गर्दा पनि नेपाली सुरक्षाकर्मीहरु रमिते बसेका हुन्।

गत २८ गते शनिवार भारतीय सुरक्षाकर्मी हतियार सहित नेपाल प्रवेश गरि समान बोक्ने व्यक्तिको सामानहरु खोसेर आफ्नो तर्फ लागेका थिए।

यसरी दुई देशको सुरक्षाकर्मीहरु एक अर्काको देशमा प्रवेश गर्दा हतियार सहित प्रवेश गर्न पाइदैन भन्ने मान्यता रहेको छ। यी मान्यतालाई भारतीय पक्षका सुरक्षाकर्मीले उलंघन गर्दा नेपाली पक्षका सुरक्षाकर्मीले कुनै किसिमको पर्तिवाद गरेन ।

यसरी नेपाली पक्षले पर्तिवाद नगरेको कारण त्यस क्षेत्र बाट आवजावत गर्ने नेपालीहरु आफूलाई असुरक्षित भएको महसुस गरेका गरिरहन्छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *