महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई किशोरी अहिले सम्म भेटिएन : खोजी चलिरहेको

बैतडी। महाकाली नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका दुई किशोरीको खोजी चलिरहेको छ। बैतडीको दशरथचन्द नगरपालिका-८ साङडीका १५ वर्षीया कविता टमटा र १४ वर्षीया संगीता टमटा नुहाउने क्रममा वेपत्ता भएका थिए।

दुवै किशोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले नियमित खोजी गरिरहेको छ।

यसबारे नेपाल र भारतबीच रहेका सीमा प्रहरी चौकीलाई समेत जानकारी गराइएको छ। ‘नेपाल भारत दुवैतर्फका सबै प्रहरी युनिटमा खबर गरिएको छ, तर फेला पार्न सकिएको छैन,’ उनले भने।

Add a Comment

Your email address will not be published. Required fields are marked *