ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द

सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी स्थित ज्वालामाई आधारभुत विद्यालयका विद्यार्थीहरुमा भाइरल प्रकोप देखिएपछि विद्यालय नै बन्द गरिएको छ।

केही दिनदेखि विद्यार्थीहरुमा ज्वरो र रुघाखोकीको प्रकोप अत्याधिक रुपमा फैलिएपछि आज(बुधबार)बाट दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कृष्णबहादुर मगरले जानकारी दिए।

उनका अनुसार विद्यालयका करिब ६० प्रतिशतभन्दा बढी विद्यार्थीमा ज्वरो, रुघाखोकी र वान्ताको प्रकोप देखिएको छ। उनीहरुको हेरचाह गर्न र विद्यार्थी निको भएपछि मात्रै विद्यालय पठाउन विद्यालय प्रशासनले आग्रह गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *