घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको उपचारको क्रममा मृत्यु:के भन्छ आफन्त
विराटनगर । सुनसरीमा घाँस काटेको विषय लिएर झगाडा हुँदा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बर्जु गाउँपालिका वडा नम्बर ३ मा छिमेकीको खेतमा घाँस काटेको विषय लिएर महिला विच झगडा हुदाँ घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान कोशी अस्पतालमा २६ बर्षिया चन्नरदेवी राय घाईते भएकी उपचारको क्रममा मृत्यु भएको छ । गत साउन १३ गते छिमेकी महिला संगिता कुमारी राय र उनको परिवारसँग झगडा भएको थियो । छिमेकि रायको खेतमा घाँस काटेको बिषय लिएर दिनमा सामान्य झगाडा भएको मृत्यकको आफन्त गुरुदेव कुमार रायले बताए।आफन्त गुरुदेव कुमार रायका अनुसार दिनमा भएको झगाडाको कुरा मिलिसकेको थियो तर संगीता कुमारी रायको भाई नेपाल प्रहरी हवल्दार पदमा कार्यरत उदाय कुमार रायले भने कुट्नु जे हुन्छ म हेर्छु भने पछि राति आएर कुटपिट गरेको बताए।
संगिता र उनका परिवारको सदस्यहरुले चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो । मृतक चन्नरदेवीलाई छिमेकी सङ्गीता र उनका परिवारले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेको मृतकका आफन्त गुरुदेव कुमार रायले बताए ।
छिमेकीहरूले चन्नरदेवी रायलाई शरीरको विभिन्न भागमा कुटपिट मात्र गरेन योनिमा पनि हात हालेर आक्रमण गरेका रहेछन् । अस्पताल पुर्याउदा सम्म यौनिबाट रगत बगिरहेको थियो मृतकका आफन्तले सुनाए । कुटपिटको विषयमा छिमेकमा नै जनप्रतिनिधीहरु मिलेर मिलाउन खोजे पनि पिडितका आफन्त मानेका थिएनन् ।यस घटनामा स्थायी प्रहरी चोकी अमुदुवा दोषी रहेको आफन्त जयकांत रायले बताए। घाईते महिलालाई दुई चोटी अस्पताल ल्याइएको थियो । तर दोस्रो पटक अस्पताल ल्याउदा उनको मृत्यु भएको थियो । मृतकका आफन्तले छिमेकी संगिता कुमारी राय विरुद्ध कर्तव्य ज्यान मुद्धामा ईलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिएका छन् ।
बर्जु गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनोद कुमार गुरुङले जुन किसिमको घटना भएको छ र जहिरी दिएको छ यस्ता घटनामा संगलंग हुने सबैलाई कडा भन्दा कडा कारवाई हुनपर्छ बताए।