August 4, 2022
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सफल बनाउन अर्जुन दृष्टि लगाएर काम गर्ने
बिराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते तोकिएको निर्वाचन सफल बनाउन अर्जुन दृष्टि लगाएर काम गर्ने बताएका छन् ।
आयोगको नियमित पत्रकार सम्मेलनमा प्रमुख आयुक्तले समय अवधिकै कारण कुनै किसिमको अफ्ठेरो नपर्ने बताए। उनले भने, मंसिर ४ गतेको दिनलाई अर्जुन दृष्टि लगाएर काम गर्छौं । आवश्यक तयारी गरिसकेका छौं । समय अवधिकै कारण कुनै किसिमको अफ्ठेरो पर्ने छैन ।
उनले दसैंलगत्तै उम्मेदवारी दिने योजना रहेको बताए। उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन । आउँदो मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर दस्तावेज पठाएका थियौं । दसैंलगत्तै उम्मेदवारी दिने योजनामा छौं । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ ।