August 4, 2022
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिरमा गर्ने
काठमाडौं। सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन ४ मंसिर २०७९ मा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।निर्वाचन आयोगले भने २ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सिफारिस गरेको थियो।
बुधबार सत्तारूढ गठबन्धनबीच मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सहमति भएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुँदैछ। कार्यकाल सम्पन्न हुने मितिलाई आधार मान्दा २२ मंसिरभित्र निर्वाचन भइसक्नुपर्नेछ।
२०७४ सालमा पहिलो चरणमा मंसिर १० गते ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो।