राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ

बिराटनगर। आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गरी आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा जाँदा कम्प्युटर अधिकृत प्रधानले दुःख हैरानी दिई काम गर्नका लागि ३० हजार रकम दिनुपर्छ भनी घुस माग गरेको सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो,’ विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *