August 3, 2022
राष्ट्रपतिबाट मदन भण्डारी विश्वविद्यालय विधेयक प्रमाणीकरण
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।
बुधबार राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्टपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।