सीटी सफारीमा राखेर ओसार्दै गरेको ६१ किलोग्राम गाँजा बरामद
विराटनगर। सीटी सफारीमा राखेर ओसार्दै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी सफारीमा राखेर ओसारपसार गर्दै गरेको गाँजा बरामद गरिएको छ । सफारीमा राखेर गाँजा पश्चिमबाट पूर्वतर्फ लगिँदै गर्दा बिहान ११ बजेतिर बरामद गरिएको राईले बताए । प्रहरीले सफारी पनि नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ सफारीका चालक भने फरार भएको उनको भनाइ छ । उनले चालकको खोजी तीव्र पारिएको जानकारी दिए ।
सफारी कसको हो भन्ने खुल्न सकिरहेको छैन । गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेपालबाट गाँजा भारततर्फ लैजान लागिएको हुनस