पाँच दलीय गठबन्धन असक्षम भइसके:नेकपा एमालेका महासचिव शंकर पोखरेल

काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन असक्षम भइसकेको बताएका छन् ।

बुधबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव पोखरेलले असक्षम व्यक्तिले सरकारको नेतृत्व गरिरहेको र जनताको आशालाई निरासामा बदल्ने मात्रै काम भइरहेको बताए।

पाँच दलीय गठबन्धनले एक वर्ष विताइसकेको छ । जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै षड्यन्त्रपूर्वक हटाउने काम भयो,’उनले भने,’ यो गठबन्धनले जनताको आशालाई निरासामा बदल्ने काम गरेको छ । एमालेको सरकार हुँदा मुलुकको आर्थिक अवस्था राम्रो रहेको र गठबन्धन आएपछि आर्थिक संकट आएको उनको भनाइ छ।

पोखरेलले भने, ‘हामी सरकारबाट बाहिरिदा यो मुलुकको आर्थिक अवस्था वचतको अवस्थामा थियो । एक वर्ष यो गठबन्धन सरकारले नेतृत्व गरिसकेपछि देश पौने ३ खर्ब घाटामा छ । उनले जनता विकास र समृद्धको पक्षमा रहेको बताए।

Add a Comment

Your email address will not be published. Required fields are marked *