August 1, 2022
श्रावन महिनाको तेस्रो सोमबार शिवालयमा भक्तजनको भीड
बिराटनगर। श्रावन महिनाको तेस्रो सोमबार देशका विभिन्न भागमा रहेका शिवालयमा भक्तजनको भीड लागेको छ।
श्रावन महिनाको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ।
श्रावन महिनाको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ।श्रावन महिनाको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन्।
यस अवसरमा देशका वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक श्रावन महिनामा घर घरमा रुद्राभिषेक पनि गर्ने गर्छन् ।