रुपन्देहीबाट नगद १५ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ

बिराटनगर। स्रोत नखुलेको रकमसहित रुपन्देहीबाट एक जना पक्राउ परेका छन्।

सिद्धार्थ नगरपालिका-१ बाइपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशी साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लु६प ७१२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साहुको साथबाट उक्त नगद फेला परेको रुपन्देही प्रहरीले जनाएको छ।साहुलाई कारबाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *