लैससासमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट

विराटनगर / विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा लैससासको अन्तिम

विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन सम्पन्न: प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित

विराटनगर / विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२५ का लागि प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिका आयुक्त अभिनास थापाको नेतृत्वमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कबिराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभाष भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी,

विराट गोल्डकप घाटामा: प्रदेश सरकार र खेलकुद परिषद्को सहयोग अभाव

विराटनगर/ कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराउँदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ। २०७९ साल चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको गोल्डकपमा २२ लाख ६२ हजार ८०८ रुपैयाँ घाटा भएको आयोजक ट्रष्टले सार्वजनिक गरेको छ। आयोजक ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले आइतबार विराटनगरमा आयोजित

शाली नदीमा स्वस्थानी ब्रत मेला सुरु

विराटनगर/ पौष शुक्ल पूर्णिमाका दिन आजबाट स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म श्रद्धालुहरुले दैनिक रुपमा स्वस्थानीको कथा भन्ने र सुन्ने गर्छन्। स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। आजको दिन हात गोडाका नङ काटी, स्नान गरी,

कोशी प्रदेशको छैठौं हिउँदे अधिवेशन माघ ७ गते बाट सुरु

विराटनगर / कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशसभाको छैठौँ एवं हिउँदे अधिवेशन आह्वान गरेका छन्। खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। आइतबार बिहान बसेको कोशी मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो। सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले

लागूऔषध गाँजा १५५ के.जी. सहित गाडी र मानिस पक्राउ”

जिल्ला प्रहरी कार्यालय मोरङले गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मिति २०८१र०९र१६ गते अन्दाजी २२स्१५ बजेको समयमा सुनसरीको धरानबाट मोरङ जिल्लाको बिराटनगरतर्फ आउदै गरेको को १ च ९५८२ नं। को स्कार्पियोलाई विराटनगर महानगरपालिका वडा नं। १८ भट्टाचोक झटिमाई स्थितमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी नरोकी पुर्व तर्फ भागेको । जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा

सीमा नाकामा कडाइका कारण अवैध कारोबार सुनसरीतर्फ स्थानान्तरण

सीमा नाकामा कडाइका कारण अवैध कारोबार सुनसरीतर्फ स्थानान्तरण विराटनगरको रानी नाकामा भएको कडाईका कारण अवैध कारोबार गर्ने व्यापारीहरू सुनसरी जिल्लाको खुला नाकाहरूतर्फ आकर्षित भएका छन्। भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालको निर्देशनमा रानी नाकाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएपछि यस्तो अवस्था सिर्जना भएको हो। यसअघि भारतबाट रानी नाका हुँदै दैनिक ३० हजारदेखि १ लाख रुपैयाँसम्मको राजस्व भन्सार

विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका(११ घर भई काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेश बहादुर थापा र नवलपरासीको पूर्व बौदीकाली गाउँपालिका(१ घर भई काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी रहेका छन्। पक्राउ मध्ये गणेश बहादुरले

चाँदीक बरामत

मिति २०८१÷०९÷१६ गते अन्दाजी १२ः३० बजेको समयमा जिल्ला सप्तरी राजविराज नगरपालिका वडा न. २ घर भई हाल जिल्ला कटहरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० को संजय स्वर्णकारललाई जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.१२ वसपार्क स्थित दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को ०१(०२(०४८ प ७६६८ नम्बरको मोटरसाइकलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटि गएको प्रहरी

लागूऔषध गाँजा बरामद।

मिति २०८१/०७/२७ गते अन्दाजी १३:३० बजे प्रतिबन्धित लागु औषध (गाँजा) बिक्रि वितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले निम्न व्यक्तिहरुको घर वतनमा गई खानतलासी गर्दा निम्न परिणाममा गाँजा बरामद भएको हुँदा गाँजा सहित निजहरुलाई आवश्यक अनुसन्धानको गरिरहेको छन । निज व्यत्ती हरु जिल्ला मोरङ कटहरी गा.पा.वडा नं. १ बस्ने वर्ष