टि–२० क्रिकेट प्रतियोगिता सुरु ,उद्घाटनमा उदयपुरको विजय सुरुवात 

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलामलाई हराउँदै उदयपुर जिल्ला विजय भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा इलामलाई २९ रनले पराजित गर्र्दै उदयपुर विजयी भएको हो । जितसँगै उदयपुरले दुई अंक जोडेको छ । उदयपुरले दिएको ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले

२५ दिनदेखि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा ताला

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा २५ दिनअघि लगाइएको ताला अझै खुलाइएको छैन। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीले गत फागुन १७ गते ताला लगाएका थिए। उपप्राध्यापक पदमा बढुवाका लागि निकालेको विज्ञापन गैरकानुनी भएको दाबी गर्दै नेविसंघले आयोगको कार्यालयमा ताला लगाएको हो। चैत २१ पछि अवकासमा जान लागेका आयोगका अध्यक्ष महेशप्रसाद दाहालले त्यसअघि

कुलमान घिसिङलाई सरकारद्वारा पदमुक्त, जनस्तरमा असन्तुष्टि

विराटनगर / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारद्वारा पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेपछि मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन्। यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि मन्त्री गुरुङले कुलमानबारे कुनै निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए। तर, अन्य मन्त्रीहरूले भने

टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि ,उद्घाटनमा इलाम र उदयपुर भिड्दै 

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त जोशीले जानकारी

तरहरामा राष्ट्रिय कविता प्रतियोगिताको तयारी, पुरस्कार राशि ५१ हजार 

इटहरी / इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले

मेयर कोइरालाद्वारा महानगरस्तरीय परीक्षाको अनुगमन 

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कक्षा ८ को महानगरस्तरीय परीक्षाको अनुगमन गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कक्षा ८ को परीक्षाअन्तर्गत मेयर कोइरालाले विभिन्न विद्यालय पुगेर अनुगमन गर्नुभएको हो । शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराई, महानगर शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतलाई साथै लिएर महानगरका विभिन्न विद्यालयमा पुगेर मेयर

सद्भाव साकोसद्वारा जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

सुनवर्षी / सुनवर्षीमा सञ्चालित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ। सुनवर्षीका छवटा अलगअलग केन्द्रमा अध्ययनरत करिब १५० जना बालबालिकालाई कपी, कलम वितरण गरिएको हो। उक्त कार्यक्रम सद्भाव साकोसका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।

श्रीहरि सत्संग समिति नेपालको विराटनगरमा ऐतिहासिक रासलीला कार्यक्रम सम्पन्न

विराटनगर/ श्रीहरि सत्संग समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरले आयोजना गरेको ६ दिने ऐतिहासिक रासलीला कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। ५ गतेदेखि सुरु भएको यस कार्यक्रमले १० गतेसम्म १२ हजार भन्दा बढी भक्तजनहरूको सहभागिता प्राप्त गरेको थियो। कार्यक्रमको समापन अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक हस्तीहरू, राजनीतिक तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

झापा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

विराटनगर/  झापा, मोरङ र उदयपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। चैत १० गते विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीमा ब्राउनसुगर, गाँजा र अन्य प्रतिबन्धित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१, भन्सार चोकमा भारतको किशनगंज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको हो। उनको साथबाट

झापामा क्षयरोगको बढ्दो असर: फागुनसम्म ७०० नयाँ बिरामी, २५ जनाको मृत्यु

बिराटनगर / झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२