विराटनगर भन्सार कार्यालयले एक अनौठो घटनामा एउटै नम्बर प्लेट भएका दुई भारतीय मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ। आर जे १४ जी एच ०४३६ नम्बर भएका यी दुवै ट्रक भारतबाट कावरा ग्रुप नेपालअन्तर्गत क्वालिटी केम प्रा.लि. को लागि कच्चा पदार्थ ल्याउँदै थिए। भन्सार अधिकारीहरूका अनुसार, एउटा ट्रक भन्सारबाट बाहिरिँदै गर्दा अर्को ट्रक सामान अनलोड गरेर फर्कन
काठमाडौं / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो। यद्यपि, परीक्षा फाराम भरे पनि सबै विद्यार्थी उपस्थित नहुने प्रवृत्ति विगतका वर्षहरूमा देखिएको छ। एसईई परीक्षा चैत ७ गतेदेखि १९
काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर तथा चर्चित र्यापर बालेन्द्र शाह (बालेन) ले आफ्नो पार्श्व गायन रहेको फिल्म ‘लाज शरणम्’ हेरेका छन्। सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हल मा फिल्म हेरेपछि उनले अभिनेता सिताराम कट्टेल (धुर्मुस) को अभिनयको खुलेर प्रशंसा गरे। फिल्म हेरेपछि बालेनले सितारामलाई अंगालो मार्दै भने, ‘यस्तो डिटेल दिनुभा’छ नि! कस्तो डिटेल दिया हो? लास्टै
विराटनगर / विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला,
विराटनगर / विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरको यातायात व्यवस्थापन समितिले मेगर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र नेउपानेको संयोजकत्वमा गठित समितिले सोमबार मेयर कोइरालालाई प्रतिवेदन बुझाएको हो । महानगरकी उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, मोरङका प्रमुख जिल्ला अधिकारी
विराटनगर / विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले आयोजना गरेको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा सहभागी प्रशिक्षार्थी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख भरत सापकोटा, मुख्य प्रशिक्षक कवि एवं पत्रकार मीनकुमार नवोदित, एचओडी म्यानेजम्यान्ट विभागका प्रमुख भूपाल मिश्र, आइटी विभागका प्रमुख सुमितकुमार
भोजपर / कर्तव्य ज्यान मुद्धामा फरार रहेका भोजपुर पौवादुम्मा गाउँपालिका-६ का ४६ वर्षीय शान्त कुमार राई २४ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार २०५७ साल साउन १३ गते भोजपुरको तत्कालीन ठुलोदुम्मा गा.वि.स.-८ निवासी विजय कुमार राईलाई शान्त कुमार राईले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उपचारका लागि जिल्ला अस्पताल भोजपुर पुर्याइएका विजय
विराटनगर / चर्चित नेपाली ब्यान्ड नेपथ्यले अस्ट्रेलिया संगीत यात्रा २०२५ अन्तर्गत आफ्नो दोस्रो कन्सर्ट पर्थमा भव्य रूपमा सम्पन्न गरेको छ। स्थानीय मेट्रो सिटी हलमा आयोजित कार्यक्रममा नेपाली समुदायका सयौं दर्शक उपस्थित थिए, जसमा युवा जोडीदेखि परिवारसम्मको सहभागिता रह्यो। कन्सर्टको माहोल भावनात्मक पनि बन्यो, जब दर्शकमध्येका सौगात पौडेलले श्रीमती ममतासँग नाच्दै ‘अमृत दाइ धन्यवाद!’ भनेर चिच्याए।
विराटनगर/ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज सोमबार हुँदैछ। आजको खेल छिनोफानोपछि विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुग्छ कि चर्च ब्वाइज भन्ने टुंगो लाग्नेछ। यी दुई टिमबीचको खेल विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेपछि सुरु हुने छ। विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा आइपुगेको हो।