पदम सरदार मिति २०८१÷१०÷१६ गते ( प्रतियोगिता ) अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मोरङको कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको हो । प्रतियोगितामा प्रजातन्त्र माध्यामिक विद्यालय कटहरी–६ प्रथम भएका
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा
विराटनगर / चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत आधा दर्जन विधाका पुरस्कारको घोषणा गरेको हो । १ लाख ५१ हजार नगद राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरिने भएको छ । बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय
विराटनगर / विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर—११ स्थित ज्येष्ठ नागरिक वडा समिति तथा योग ध्यान केन्द्रमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९२ जना ज्येष्ठ नागरिकले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य कार्यालय मोरङको आयोजना, विराटनगर महानगरपालिकाको समन्वय तथा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकलाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा
मनमोहनमा कानुनमा एलएलबीको पढाई सुरु विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए
विराटनगर/ बिराटनगर स्थित बर्गाछीमा रहेको किड्जी स्कुलमा आज विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन प्रदान गर्न तथा उनीहरुको शारीरिक र मानसिक विकासमा योगदान पुर्याएको छ। कार्यक्रममा क्रिकेट, कबड्डी, स्पोन एण्ड मार्बल रेस, स्याक रेस, सु टाई रेस लगायतका खेल प्रतियोगिता समावेश गरिएका थिए। कक्षा १ देखि कक्षा
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् ।
विराटनगर/ विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । बिहीबारदेखि सुरु शिविरको पहिलो दिन विराटेश्वरमा १२ जनाले
विराटनगर/ रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख
विराटनगर/ विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा ‘नर सेवा नारायण सेवा’ संस्थाले निःशुल्क खाना खुवाउने अभियान सफलतापूर्वक १५ महिना पुरा गरेको छ। अस्पतालका मेसु रुना झा र अन्य डाक्टरहरूले आज बिहान भोजन वितरण स्थलको निरीक्षण गरेका छन्। निःशुल्क भोजन व्यवस्थाबाट अस्पतालका बिरामी तथा कुरुवाहरू लाभान्वित हुँदै आएकोमा अस्पताल प्रशासनले खुसी व्यक्त गरेको छ। संस्थाका सदस्य देवकी