काठमाडौं । बलिउडका दबंग सलमान खानलाई ज्यान मार्ने धम्की दिएको मुद्दा अहिले चर्चामा छ । सलमान खान सधैं चर्चित स्टार हुन् । सलमानले जति माया पाउँछन्, त्यति नै घृणा गर्नेको निशानामा पनि रहन्छन् । सन् २०१३ मा सलमान खानसँग हैदराबादमा एउटा डरलाग्दो घटना भएको थियो । जहाँ उनको २० वटा मोटरसाइकल सवार उनको पछि परेका
नेपालगञ्। नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। आकाशमा उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज सोही विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए। विमानस्थलका अनुसार जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो। १० किलो मिटर उडान भरिसकेपछि बायाँ इन्जिनमा समस्या देखिएपछि
बिराटनगर। आन्तरिक राजश्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट घुस लिएको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो। कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गरी आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा जाँदा कम्प्युटर अधिकृत प्रधानले दुःख हैरानी दिई काम गर्नका लागि
सप्तरी। बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रमका तत्कालीन सहिवसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो। आयोगले मुख्यमन्त्री कार्यालयका तत्कालीन
सप्तरी। सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी
विराटनगरमा २०७९ सालको लाखे नाच शुरु भएको छ । कृष्णजन्माष्टमीको उपलक्ष्यमा सोही दिन निकालिने राधाकृष्ण रथयात्रासम्म चल्ने लाखे नाच नेवार समुदायको प्रचलित नाच हो ।
काठमाडौं। काठमाडौंदेखि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान रोकिएको छ। शंकास्पद् व्यक्तिको चढेको र सुरक्षामा खतरा आउने आशंकापछि विमान रोकिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विमानलाई नियन्त्रणमा लिएर चेकजाँच गरिरहेको छ। प्रहरीका अनुसार शंकास्पद् व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्टपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।
विराटनगर। सीटी सफारीमा राखेर ओसार्दै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी
काठमाडौ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन असक्षम भइसकेको बताएका छन् । बुधबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव पोखरेलले असक्षम व्यक्तिले सरकारको नेतृत्व गरिरहेको र जनताको आशालाई निरासामा बदल्ने मात्रै काम भइरहेको बताए। पाँच दलीय गठबन्धनले एक वर्ष विताइसकेको छ । जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै षड्यन्त्रपूर्वक हटाउने काम भयो,’उनले