नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम

काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन् । नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गौतमलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन

प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै

विराटनगर। प्रदेश नम्बर १ मा पर्ने मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्दै गएको छ। विविध कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दै गएको हो। वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएका कार्यालयले जनाएको छ। प्रशासनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ११

बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते

काबुल। अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। साथै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन्। प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र

होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परे

बुटवल । बुटवलको फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परेका छन्। होटलको कोठामा रक्ताम्य अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग कुमपुर-५ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला

बेलायतमा कोरोना भाइरसविरुद्ध नयाँ खोप

लण्डन (एएफपी)। बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ। मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ले सोमबार एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ। बेलायती नियामक निकायले स्वीकृत गरेको

मोरङको धनापाल गाउँपालिका रहेको कदमेश्वर पिण्डेश्वर महादेवको मंदिर संरक्षण गरि पर्यटन क्षेत्र बनाउन सकिन्छ

मोरङको धनापाल गाउँपालिका वार्ड नं ६ साविकको कदमाहा २ मा रहेको कदमेश्वर पिण्डेश्वर महादेवको मंदिर एक करिब ६ सय वर्ष पूर्व यो मंदिर को स्थापना भएको अनुमान लगाएको छ्रयो पौराणिक मूल्य मान्यताले भरिपूर्ण सहार्दाव मंदिर आस्था र विश्वासका केन्द्र मानिन्छ । यस महादेव मंदिरमा प्रत्येक वर्ष महाशिव रात्रीको अवसरमा मेला र भक्तजनहरुको भिड लाग्ने गर्दछ

एकैदिन थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिराटनगर। एकैदिन थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५७३७ नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१५५ र एन्टिजेनबाट २५८२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२७ र एन्टिजेनबाट ४६१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको

मोरङमा आफ्नै नाबालिका छोरीमाथि यौनजन्य क्रियाकलाप गर्ने बुवा पक्राउ

बिराटनगर। मोरङको पथरीशनिश्चरेमा आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको अरोपमा ४० वर्षीय बुबालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । उनलाई आफ्नी जेठी श्रीमतीको उजुरीको आधारमा साउन १६ गते पथरीस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सभा र प्रदेश सभा निर्वाचनको संभावित सुरक्षा चुनौतीबारे छलफल गरे

काठमाडौं। गृहमन्त्रालयले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संभावित सुरक्षा चुनौतीबारे छलफल गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई प्रभाव पार्न सक्ने विभिन्न राजनीतिक तथा अन्य स्वार्थ समूहका गतिविधि र त्यसको नियन्त्रणबारे छलफल भएको हो। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकेको

विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरे

काठमाडौं । विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका अपरिचित व्यक्तिको प्रहरीले उद्धार गरेको हो । करिब ४०/४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो ।ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ