सबै दलहरु एक भई राजसंस्थालाई पुन :स्थापित गर्नुपर्छ: दाहाल

विराटनगर। गणतन्त्रबादी र राजतन्त्रबादी बिचको यो गठबन्धन अनौठो छ। नेपाल विद्वत परिषद्का केन्द्रिय उपाध्यक्ष वल्लव प्रसाद दाहाल त्यो करा भन्नु भएको हो। परिषद द्वारा आयोजना गरिने पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको तयारीको क्रममा सो धारणा राख्नु भएको हो। नेकपा माओवादी केन्द्रियका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकार जसलाई राप्रपाको पनि समर्थन छ।

सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरु राहतको साँस फेरे

विराटनगर। सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरुको मांग आंशिक रुपमा पुरा भएको छ। केही दिन अगाडि उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ लगायत केही व्यपारी संघ संस्थाहरूले नेपाल राष्ट्र बैङ्क घेराउ गरी उनीहरूले राखेको मांग आंशिक रुपमा पुरा भएको हो । उक्त आन्दोलनबाट सुनसरी मोरङ करिडोर क्षेत्रमा सञ्चालित

छात्राको मृत्युपछि प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साल पक्राउ

सिरहा। शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महरालाई कक्षामा पढाइ चलिरहेकै बेला पेट दुख्यो। शिक्षिका अम्बिका लम्साललाई पीडा सुनाइन्। शिक्षिकाले विद्यालयकै औषधिको बाकसमा रहेको सिटामोल दिइन्। सिर्जनाले औषधि खान पानी पनि मागिन्। नजिकै रहेको डिउको बोतल शिक्षिकाले हातमा थमाइन्। तर, खाएको केही समयमै सिर्जनालाई झनै गाह्रो भयो। शिक्षिकाले पानी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरे

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन्। जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराएका हुन्। यसैगरी नेकपा एमालेका जगन्नाथ थपिलया आर्थिक मामिला तथा योजना मन्त्री र रापपाका उद्धव थापा बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन्। शर्माले जम्कट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। जम्कट्टेललाई

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । सदस्यहरुमा किरण रिजाल, राजेन्द्र भट्टराई, सुरज गौतम, अर्जुन बाँस्तोला,

डीएसपी वलीसहित आठ प्रहरी घाइते

सिरहा। सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन्। बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो। झडपमा आन्दोलनकारीले पेट्रोल

किर्ते नागरिकता बनाउने वडाध्यक्ष रहमान मियाँलाई जेल

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडाध्यक्ष रहमान मियाँ आइतबार जेल चलान भएका छन्। सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको डिएसपी नरेशकुमार सिंहले बताए। मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट तथा भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता अपचलन गरेको

‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने:ओली

काभ्रे। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्। पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुई दिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे।

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटे

विराटनगर। नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ। निगमले आज राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको

प्रदेश एकको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेश एकको दोस्रो कार्यकालको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २