प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आज सत्तारूढ गठबन्धनको बैठक बस्ने

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा

नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते

फिदिम। नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ सेना घाइते भएका छन्। बुधबारेबाट पाँचथरको फिदिमतर्फ आउँदै गरेको बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेबुङ गाउँपालिका- ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भएर दुर्घटनामा परेको सेनाले जनाएको छ। दुर्घटनामा परी सैनिक प्युठ काँशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रबि तामाङ, रमेश चौधरी,

मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरे

जनकपुरधाम । काठमाडौंका कथित सुकुम्बासीहरुले मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौंका सुकुम्बासीले मधेशीलाई गाली दिएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । जनकपुरधामका युवाहरूले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत सचेतसमेत गराएको छ । युवा अभियन्ता आदर्श मण्डलले विगत

रवी लामिछानेलाई ठुलो झट्का ४७ जनाले सामुहिक राजीनामा दिए

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जनाले सामुहिक राजीनामा दिएका छन्। निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका

जनता समाजवादी पार्टी र नेकपा एमाले बीच ब्रेकअप

विराटनगर । जनता समाजवादी पार्टी र नेकपा एमाले बीच ब्रेकअप भएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको छ । मङ्सिर ४ को निर्वाचनका लागि जसपाले एमाले संग केहि सिटमा तालमेल गरेको थियो। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताउनुभयो । ‘हामीले चुनावमा

सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने:देव गुरुङ

काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने बताएका छन्। माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महासचिव गुरुङले गठबन्धन यथावत रहेकाले सरकार गठनको प्रयास गठबन्धनबाटै थालिने बताएका हुन्। महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ। गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नुपर्छ। भोलि गठबन्धनको आयोजना हुने भएको छ। गठबन्धनबाटै सरकार गठनको पहिलो

आगलागी हुँदा पाँच जनाको मृत्यु

नानचिङ। चीनको च्याङ्सु प्रान्तको स्यूचौ सहरस्थित एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। स्थानीय समयानुसार शुक्रबार साँझ ४:५० मा आगलागी भएको थियो। आगलागीमा फसेका सातमध्ये पाँच जनाको प्रारम्भिक उपचारको क्रममा नै ज्यान गएको हो। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न नगर सरकारले अध्ययन

पत्रकार शिवहरि भट्टराई एक रिसोर्टमा मृत फेला परे

सर्लाही। मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सर्लाहीको लालबन्दी नगरपालिका १३, पत्थरकोटस्थित एक रिसोर्टमा मृत फेला परेका छन् । नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन पुगेका भट्टराई शुक्रबार राति बास बसेको पत्थरकोटस्थित रिसोर्टमा मृत फेला परेका हुन् । सप्तरीको राजबिराज नगरपालिका ७ बस्ने ६७ वर्षीय भट्टराई कार्यक्रममा सहभागी हुन

इन्डोनेसिया सरकारले ठूलो निर्णय गर्ने यौन सम्पर्क गर्न प्रतिबन्ध

इन्डोनेसिया। इन्डोनेसिया सरकारले ठूलो निर्णय गर्ने भएको छ । चाँडै, इन्डोनेसियामा विवाह अघि वा पछि अपरिचित पुरुष र महिलासँग यौन सम्पर्क गर्न प्रतिबन्ध लगाइनेछ। नयाँ कानुनअनुसार श्रीमान्–श्रीमतीले मात्रै शारीरिक सम्बन्ध राख्न पाउनेछन् । यस्तो अवस्थामा विवाहित वा अविवाहित महिला वा पुरुषले यो कानूनको उल्लंघन गरेमा एक वर्ष जेल जान सक्नेछ । यसका साथै उनीहरुलाई जरिवाना

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन