जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु

विराटनगर। झापाको कचनकवल गाउपालिका-१ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हिजो अपरान्ह बाह्रदशी गाउपालिका-१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो । मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको

ट्रकको ठक्करबाट सहचालकको मृत्यु

विराटनगर। तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७ स्थितमा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । हिजो बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा

राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए

काठमाडौं। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर का छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक कार्यक्रममा राणाले राष्ट्रपति भण्डारीबाट बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। राणा राप्रपाका समानुपातिक सांसद हुन्। उनको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौंको महाराजगन्ज भएको थियो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ । सोहिअनुरुप राणाले भण्डारीसमक्ष

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

काठमाडौ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्। पार्टी संसदीय दलको बैठकले बुधबार ठाकुरको नाम सर्वसम्मतले पारित गरेको हो। लोसपा नेता केशव झाले ठाकुर संसदीय दलको नेतामा चयन भएको जानकारी दिए। मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोसपाले चार सिट जितेको छ। लोसपाले थ्रेस होल्ड भने कटाउन सकेन।

भीषण वर्षापछिको बाढीमा परी पाँच जनाको मृत्यु ; ५६ हजार भन्दा बढी विस्थापित

क्वालालम्पुर। मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित

सरकारमा नजाने : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए। उनले भने,’ कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अ-शान्ती

विराटनगर । वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ ।

उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी

प्योङयाङ। उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो। जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ। उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका

एयरपोर्ट रोडलाई नमुना सडक बनाउने महानगरको उद्देश्य : बिशेष सरसफाई

विराटनगर । विराटनगर महागरपालिकाले एयरपोर्ट रोड सरसफाई गरिएको छ। विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको हो । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए ।

पाल्पामा घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परे

पाल्पा। पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बाइसे चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार