पछिल्लो २४ घन्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण

विराटनगर। पछिल्लो २४ घन्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४४०१ नमूनाको परीक्षण गराएकोमा २२७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३७ र एन्टिजेनबाट ९० जनामा कोरोना पुष्टि भएको हो। बिहीबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको हो। बुधबार कोरोनाबाट दुईजनाले ज्यान

मोरङमा माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परे

विराटनगर। मोरङको रंगेली नगरपालिका-१ स्थित माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परेको छ। मोरङको रंगेली-१ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव बुधबार साँझ फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कृष्णमाया बिहान ९ बजेतिर आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। परिवारका सदस्य र आफन्तले खोजी गर्ने क्रममा माछा पोखरीमा

संघीय निजामती सेवा ऐेन छिट्टै आउने:उप-सभामुख भुसाल

विराटनगर। प्रतिनिधि सभाको उप-सभामुख पुष्पा भुसालले संघीय निजामती सेवा ऐेन छिट्टै आउने बताएकी छन्। निजामती सेवा दिवसका अवसरमा अर्घाखाँचीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप-सभामुख भुसालले आउने भदौसम्म संघीय निजामती सेवा ऐन आउने दावी गरिन्। ऐन नआउँदा कर्मचारीहरुमा मनोबल गिरेको र संघीयताको मूल मर्म कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।उनले भनिन्, कर्मचारीहरुमा मनोबल बढाउन, संघीयताको मूल

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध हो:शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन्। ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताए।

मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी:प्रधानमन्त्री देउवा

विराटनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। १९ औं निजामति सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगबिना मुलुकको विकास सम्भव नभएको बताएका हुन्। प्रधानमन्त्री भने, हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो, प्रधानमन्त्री देउवाले भने, तर कर्मचारीहरु स्थायी सरकार हो । मुलुक बनाउने

माओवादी बलियो नहुँदासम्म प्रतिगमनको खतरा बढिरहने:प्रचण्ड

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो नहुँदासम्म प्रतिगमनको खतरा बढिरहने बताएका छन् । क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा ‘प्रचण्ड’ले माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहने उनले बताए। उनले भने, ‘माओवादी बलियो भएर नआउँदासम्म देशमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिराख्छ । माओवादी आन्दोलन बलियो बनाउन तपाईहरु फिल्डमा जानुहुनेछ ।

बर्जु गाउँपालिकामा विद्यार्थीहरुलाई ब्याग वितरण

विराटनगर। बर्जु गाउँ पालिका वडा नम्बर १ द्वारा श्री लक्ष्मी आधरभुत विधालयका विद्यार्थीहरुलाई व्यग वितरण गरेको छ। सामुदायिक विधालय प्रति विधार्थीलाई आकर्षक बढाउन र विधालय विचमा नै छोडनुलाई रोक्नका लगी विद्यार्थीहरुलाई व्यग वितरण गरेको हो। मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि बर्जु गाउँ पालिका १ नम्बर वडा कार्यालयको सहयोगमा ब्याग वितरण गरेको थियो।सामुदायिक विधालय प्रति

एक मजदुरको करेन्ट लागेर मृत्यु

तानसेन। पाल्पामा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। तानसेन नगरपालिका वडा नं १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका वडा नं ३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए। तानसेन नगरपालिका वडा नं ४ मा झविन्द्र देवकोटाको घर निर्माणको

नयाँ संसद नआएसम्म रहनेगरी ऐन संशोधनको विधेयकबाट सरकार पछि हटे

विराटनगर। प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ संसद नआएसम्म रहनेगरी ऐन संशोधनको विधेयकबाट सरकार पछि हटेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । तर कार्यकाल लम्ब्याउन खोजिएको भनी चौतर्फी व्यापक विरोध भएपछि सरकार

गठबन्धन मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको:मन्त्री ज्ञानेन्द्र बहादुर कार्की

विराटनगर। सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिलेको गठबन्धन कसैको विरुद्ध लक्षित नभएर मुलुकको विकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले सत्तारूढ गठबन्धन देशको समृद्धिका लागि आवश्यक भएकोमा जोड दिएका हुन् । मुलुकलाई अहिले राजनीतिक स्थिरता र संविधान र लोकतन्त्रको