विराटनगर। नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित भएका छन्। राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंह यो क्षेत्रबाट चौथो पटक सांसद बनेका हुन्। उनले ७ हजार १३९ मत प्राप्त गरेका छन्। मिश्रले ७ हजार ११ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले सिंह निर्वाचित भएको औपचारिक घोषणा भने गरेको छैन।
विराटनगर। मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरेका छन्। विराटनगर १ पोखरिया बस्ने २३ वर्षीय राजु कुमार मण्डलले आत्मा हत्या गरेका हुन्। विराटनगर १२ मा रहेको न्यु लाईफ फेलोसिफ लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा मण्डलले फासो लिई आत्मा हत्या गरेका छन् । मण्डल छठमा छुटी
विराटनगर । मोरङको क्षेत्र नं. ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।
चितवन । चितवन क्षेत्र-२ को मतगणना जारी छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार चितवन-२ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मतसहित पोखरेललाई पछ्याउँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा रवी लामिछाने भने ३२ मतसहित तेस्रो पोजिसनमा छन् ।
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु भएको छ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा ती तीन क्षेत्रको मतगणना सुरु गरिएको हो । आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरिएको थियो । त्यसैअनुसार दलका प्रतिनिधि, उम्मेदवार, तिनका प्रतिनिधिलगायतको उपस्थितिमा मत गन्न थालिएको छ
काठमाडौ। काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता लिएका छन् । मध्यान्न १२ बजेसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन् । १५११ उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन् । काठमाडौं ४ मा अहिले बुढानिलकण्ठ नगरपालिकाको मतगणना भइरहेको छ । यो
बिराटनगर। मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये
मोरङ निर्वाचन क्षेत्र नं. ६ (क) करैया मतदान केन्द्र को बुथ (क) मा बम विस्फोट यस केन्द्रको पुनः जाँच पछि मतदान शुरु हुने ः सुरक्षाकर्मी अब यो केन्द्रमा मतदान हुँदैन ः स्थानीय