विराटनगर। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ। ७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ। माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय
दाङ। दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् । उनी १९७ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोखरेलले
रौतहट। रौतहट क्षेत्र न-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका छन्। निकटम प्रतपद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ५ सय २२ पाएका छन्। पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ मा ६ हजार ५ सय ९९ मतान्तरले विजयी भएका छन्।
विराटनगर।। मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत प्राप्त गरी विजयी भएका हुन् । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुष्पकमल दाहालको ज्वाइँ पनि हुन् । उनी १ हजार ८८३ मतको अग्रता कायम गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी
रौतहट। गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु
सप्तरी। निकै रोचकताका साथ हेरिएको सप्तरी क्षेत्र २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजय नजिक पुगेका छन्। मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको थियो। सप्तरी २ को मतगणनामा सुरुवातदेखि नै अग्रता लिएका राउतले २९
उदयपुर। उदयपुरको क्षेत्र नम्बर २ अन्तरगतको प्रदेशसभा १ को प्रदेससभा सदस्यमा लोकतान्त्रिक–वामगठबन्धनका उमेदवार नारायणबहादुर वुर्जामगर पुनः दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मगरले एमालेका उमेदवार देवराज राईलाई ३५ मतको झिनो अन्तरले जित निकालेका हुन् । प्राप्त मतपरिणाम अनुसार वुर्जामगरले ८ हजार १०५ मत प्राप्त
विराटनगर। मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । पहिलो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् । इच्छाकामना गाउँपालिकाको मत गणनामा १०४०५ गणनामा उनको मत २९७८ थियो । कालिका नगरपालिकाको गणना सुरु गरेपछि लामिछानेले अग्रता बढाएका हुन्। दोस्रोमा एमालेका
कैलाली। प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी ५६७१ मत बढि ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७४४९ मत ल्याउँदा गंगारामले २३१२० मत ल्याइ विजयी भएका हुन्। त्यसैगरी नेकपा एमालेका गौरी शंकर चौधरी ९८१४ मत प्राप्त गरे।
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन्। सुरुवातबाट अग्रता कायम राखेका थापाले एमालेका उम्मेदवारलाई पछाडि पारेका हुन्। पछिल्लो मतगणना अनुसार थापाले भारी मतान्तरले (एमाले) का उम्मेदवार डा राजन भट्टराईलाई पछाडि पारेका हुन्। यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापा, एमाले नेता भट्टराई, राप्रपाका डा.शंकरमोहन श्रेष्ठ, नेपाल