हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ स्थित धुर्व राईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कौडा खेल्ने, च्याँखे थाप्ने र हेर्नेसमेत गरी १७ जना पुरुष र जुवा खेलाउने घरबेटीलाई पक्राउ गरेको गरेको हो। उनीहरूको साथबाट १७ थान कौडा र ३१ हजार ८२० रुपैयाँ
विराटनगर। नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनका लागि संकल्प पत्र ‘घोषणापत्र’ शनिबार सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार घोषणपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन्। महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वको समूहले चुनावको घोषणापत्र
कावासोत। पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । यस्तै गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको
काठमाडौं। एलन मस्क बने ट्विटरको मालिक बनेका छन् । मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारी भने बाहिरिएका छन् । अमेरिकी समाचार संस्थाका अनुसार मस्क मालिक बनेसँगै ट्विटरको केन्द्रीय कार्यालयका उच्च अधिकारी सीईओ पराग अग्रवाल, चिफ फाइनान्स अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएका
गोरखा। गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा
एजेन्सी। इन्डोनेसियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ। रबर सङ्कलनको काम गर्ने ५० वर्षीया जराह गत आइतबार रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन्। तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो। एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला परे। त्यसपछि उक्त सर्पलाई
बझाङ। खप्तडछान्ना गाउँपालिका- ६ पाटादेवलमा भएको बिहीबार साँझ दोहोरो झडपमा चार जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते चार जनाकै बझाङमा उपचार सम्भव नभएपछि बिहीबार राति नै धनगढी रेफर गरिएको छ। घाइतेहरुमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दिपक खड्का रहेका छन्। उनीहरुबीच पुरानै पारिवारिक प्रतिशोध र अहिले चुनाव कारण झडप भएको वडाध्यक्ष तेजबहादुर
हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा बिहीबार साँझ ५:४५ बजे हेटौंडा –४ कमलडाँडास्थित निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनलाई केही महिना अघिदेखि लिभर सिरोसिको कारण शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। मकवानपुरे पत्रकारिताका संस्थापक मध्येका