काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका-३ ढुंगेबजारमा हिजो शुक्रबार साँझ बसको ठक्करबाट प्रहरी कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा से१ब २१६ नम्बरको मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्र प्रसाद जैशी रहेका छन्। उपचारका क्रममा हिजो बेलुकी साढे ८ बजे टीकापुर अस्पतालमा उनको मृत्यु भएको हो। कार्यालयबाट फरार रहेका प्रतिवादीबारे बुझ्नका लागि
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रबार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको गुनासो आएपछि महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। अग्निपीडितलाई पैसा वितरण गरेको भन्दै महामन्त्री शर्माविरुद्ध उजुरी परेकाले आयोगले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । आयोगले मुख्यमन्त्री शर्मालाई आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा
जनकपुरधा । स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मंगलबार राति प्र–०१–०२–०४६ प. ५६३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा धनुषाको सबैला नगरपालिका
विराटनगर । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ। नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो। कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको
काठमाडौं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। देशका अन्य भेगमा भने केही दिन मौसम
काठमाडौं। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नपार्कपार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर
जनकपुर। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्। गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेका कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए। कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत
कपिलवस्तु। कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो। सो दुर्घटनामा साइकल यात्री एक जना र ३ शशस्त्र प्रहरीसहित ४
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३, असारीका २२ वर्षीय विकाश राई रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २-०१-००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित
काठमाडौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य सामान्य बन्दै गएको छ । डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ । यसअघि केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । विर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य