कुशवाहा समाजको भवन निर्माण गर्न आर्थिक सहयोगका लागि महानगरको ढोका जहिले र जति खेर पनि खुल्ला रहने : मेयर कोइराला

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कुशवाहा समाजको भवन निर्वाणमा आर्थिक सहयोग गर्ने बताएको छ।शनिवार विराटनगरमा नेपाल कुशवाहा कल्याण समाज मोरङ द्वारा आयोजित २४ औं कुश जयन्ती समाहरोलाई सम्बोधन गर्दै कोइरालाले आर्थिक सहयोग गर्ने बताएको हो। कुशे जयन्ती कुशवाहा समाजको कार्यक्रममा पहिलो चोटी सहभागी भएको मेयर कोइरालाले आज सम्म जुन कुशे औँसी बुवाको मुख हेर्ने

देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाए

काठमाडौ। देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाएको छ । सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । परिषद्का महासचिव शान्तिनाथ योगीले उपत्यकाको विद्यालयमा तालाबन्दी गर्न ४१ सदस्यीय समिति गठन भएको जानकारी दिए । भदौ १ देखि विद्यालयका कर्मचारी आन्दोलित छन् । परिषद‍्ले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी)

प्रदेश १ सहित देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षा हुने

विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या:श्रीमान् पक्राउ

झापा। श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार राती १०:१० मा मादक पदार्थ सेवन गरी

कोठा भाडामा लिएर लागुऔषध किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ

विराटगनर। कोठा भाडामा लिएर लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको छ। भारतबाट लुकाईछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागुऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो। ब्राउन सुगरको किनबेचमा संलग्न एक महिलासहित ६ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की

स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङ वीर अस्पतालमा भर्ना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ वीर अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खापुङ शुक्रबार अस्पतालमा भर्ना भएका हुन्। अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार खापुङलाई आज अस्पतालमा भर्ना गरिएको हो। उनले अन्नपूर्णसँग भने, ‘वाकवाकी हुने र रिगंटा लागेपछि मन्त्रीज्यु अस्पताल आउनुभएको हो। स्वास्थ्य अवस्था सामान्य छ। उहाँको स्वास्थ्य परीक्षण भएको छ, रीपोर्ट

राष्ट्रपति सेनाका पूर्वउच्च पदस्थलाई भेट्नु स्वभाविक देखिएन:अध्यक्ष प्रचण्ड

विराटनगर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिलाई अस्वभाविक रहेको टिप्पणी गरेका छन्। नागरिकता विधेयकका विषयलाई लिएर नेपाली सेनाका पूर्वउच्च पदस्थलाई राष्ट्रपतिले भेट्नु स्वभाविक नदेखिएको उनको भनाइ छ। सेनाका पूर्वउच्च पदस्थलाई भेट्नु स्वभाविक देखिएन। यसले मुलुकका घटना क्रमलाई तरंगित पारेको छ,’ प्रचण्डले भने, ‘तर कुनै राजनीतिक संकट भने ल्याउँदैन। राष्ट्रपतिको

नेकपा (एस) मोरङले विभिन्न कार्यक्रम गरि पुनर्गठन वार्षिक उत्सव मनाए

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले पुनर्गठन वार्षिक उत्सव मनाएको छ। विहिबार विराटनगरमा रक्तदान एवं दिप प्रजुलन गरि वार्षिक उत्सव मनाएको हो। २००६ साल देखि नेपाल कम्युनिष्ट पार्टी गठित पुनर्गठित हुदै आएको छ। पार्टी गठित पुनर्गठित हुने गरेको सर्व बित्दै जादा भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा (एस) मोरङले रक्तदान

विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी

विराटनगर। विराटनगर महानगरले १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी गरेको छ। बिहीबार महानगरले पछिल्लो पाँच वर्षको श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रमा आर्थिक अनुशासनतर्फ २०७४/७५ मा ६१ करोड ८९ लाख रहेको महानगरको बेरुजु २०७७/७८ सम्म आइपुग्दा बढेर १ अर्ब ६३ करोड पुगेको उल्लेख छ । महानगरको दूरदृष्टिसहित आवधिक तथा क्षेत्रगत योजनाको अभावमा जथाभावी स्रोत