आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

विराटनगर। असोज संक्रान्तिको अवसरमा शनिबारका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद

कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।

राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २०७४ सालमा राजनीतिक दलहरुले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज गर्ने निर्णय भएको जानकारी गराएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा को.३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी-४ सुनसरीका २२ बर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन

नेसनल एकेडेमी (RBB) कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरे

विराटनगर । विराटनगर १० मा रहेको नेसनल एकेडेमी (RBB) कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ। कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्याक्रममा विद्यार्थीहरुलाई नेसनल एकेडेमी कलेजका प्रधानाध्यापक सकलदेव साह ,सतिता साह र कक्षा १२ का विद्यार्थीले खादा टिका लगाई स्वागत गरेको थियो। कार्यक्रममा डा.राजनारायण यादवले विद्यार्थी असफल

सिमावर्ति क्षेत्रमा लामो दुरीको गस्ति परिचालन

विराटनगर। १ नम्बर प्रदेश प्रहरीले सिमावर्ति क्षेत्रमा लामो दुरीको गस्ति परिचालन छ। सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार लामो दुरीको गस्ति परिचालन हो। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर।चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी १ जनालाई पक्राउ गरेको हो । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण

न्यूनतम मुल्याङकन गरी आयात गरिएका सामग्री बरामद

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडशेष चौक स्थितबाट प्रहरीले न्यूनतम मुल्याङकन गरी आयात गरिएका बिभिन्न सामग्रीहरु बरामद गरेको छ । बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले BR38E 7425 नम्वरको ट्रयाक्टरलाई रोकी चेक जाँच गर्ने क्रममा पानी तताउने गिजर, फुड्स सप्लिमेन्ट लगायतका सामग्रीहरु न्यूनतम मुल्याङकन गरी आयात

लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

विराटनगर। झापाको भद्रपुर र बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्थायी प्रहरी पोस्टले भद्रपुर- ५ स्थित मेची पुलबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्याम्पो चालक बिर्तामोड नगरपालिका- २ निवासी ३६ वर्षीय लोकराज राजवंशी र ट्याम्पोमा सवार कनकाई नगरपालिका-८ निवासी २५ वर्षीय अजय

सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिए:प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। बुधबार काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न