विराटनगर । निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गर्नेलाई आर्थिक जरिवानासहितको कारबाही थालेको छ। जस अन्तर्गत आयोगले काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवानासहितको कारबाही गर्ने
बुटवल। स्वतन्त्र नागरिक समूहले आगामी मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। संविधानसभाबाट जारी भएको संविधान नै गलत रहेको भन्दै नयाँ संविधान जारी गर्न मागसहित समूहले शान्तिपूर्ण आन्दोलनका रूपमा निर्वाचन बहिष्कार गर्ने जनाएको हो। शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटाबाट ल्याइएको धर्मनिरपेक्षता, आवश्यकता नभएको संघीयता तथा एमसीसी
विराटनगर। लोकतान्त्रिक बम गठबन्धन निर्वाचन परिचालन समिति मोरङ ४ ले गठबन्धनका उमेदवारलाई जिताउन घरदैलो कार्यक्रम गरि मतदाता समक्ष्य पुर्याउन कार्यको शुभारम्भ गरेको छ। विराटनगर महानगर पालिका वडा नम्बर ३ सङ्गम चोक नेरी प्रतिनिधि सभाका उम्मेदवार अमन लाल मोदी र मोरङ ४ “ख” प्रदेश सभा तर्फ उमेदवार भीम पराजुलीलाई उपस्थिति गराई कोण सभाको आयोजना गर्दै सो
सोल। दक्षिण कोरियामा एकैदिन ४३ हजार चार सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो आँकडा बिहीबार मध्यरातसम्मको हो। यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । इद्देपी, दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम हो । बुधबार सङ्क्रमितको सङ्ख्या ४६
काठमाडौं। निर्वाचन आयोगले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्ने बताएको छ शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई भेट्न उपराष्ट्रपति भवन, हरितगृह पुगेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले निर्वाचन तयारीबारे उपराष्ट्रपति पुनलाई जानकारी गराएको हो। आयोगका अध्यक्ष थपलियाले निर्वाचनलाई विवादरहित,निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न आयोग युद्धस्तरमा काम गरिरहेको जानकारी गराएका थिए।
काठमाडौं। यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५:१३ बजे
डडेलधुरा। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने बताएका छन्। सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन्। उनले सम्बोधनको अधिकांश समय नेकपा एमाले अध्यक्ष ओलीको आलोचनामा बिताएका थिए। छिमेकी मुलुकसँगको सहकार्य बिना देशको विकास नहुने तर्क उनको थियो।
विराटनगर। नक्कली करारनामा बनाइ चार करोड ५० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नक्कली करारनामा बनाइ चार करोड ५० लाख ठगी गर्ने पर्सा वीरगञ्ज महानगरपालिका-१७ का ३६ वर्षीय नौसद अन्सारीलाई पक्राउ गरी प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सार्वजनिक गरेको हो। अन्सारीले काठमाडौँ महानगरपालिका-१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन
नयाँ दिल्ली। नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ। भारतका १९ सहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका
काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ। आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको