राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने:बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ। बाबुराम भट्टराई नेतृत्वको नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ। नेसपासँग २५४

देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

काठमाडौं। आजदेखि देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य

सात प्राध्यापक सम्मानित

विराटनगर। महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

विराटनगर। चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आबश्यकता शिक्षा” को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आबश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग छलफल

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु १ जना घाईते

विराटनगर। झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी- १० का ४० बर्षीय सुरेन्द्र

हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

वीरेन्द्रनगर। बलात्कार गरेर हत्या गरिएकी कालिकोटकी निरु विकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँकी निरु विकको हत्या भएको डेढ वर्षपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका–६ दाहाँ बस्ने ३० वर्षकी कमला विक र

चितवनमा ७ महिनामा १४ गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा

हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

विराटनगर। मोरङको बिराटनगर महानगरपालिका-१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका- ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२

भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगे

अंकारा। टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। दक्षिणी सहर एन्टाक्यालाई केन्द्रविन्दु बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो । भूकम्पको धक्का सिरिया,लेबनान र इजिप्टमा पनि महशुस गरिएको थियो । टर्कीको प्रकोप तथा आपतकालीन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ । भूकम्प