विराटनगरमा प्यानको नयाँ नेतृत्व चयन, विद्यालय व्यवस्थापन सुधारमा जोड

विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, विराट आधारभूत विद्यालयका

खैरो हिरोइनसहित २५ वर्षीय युवक विराटनगर बसपार्कबाट पक्राउ

विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगंज वडा नं. २५ निवासी २५ वर्षीय बिपुल बर्मा रहेका छन्। प्रहरीका अनुसार २०८२ चैत ६ गते अपराह्न करिब ४ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो

किडजी स्कुल विराटनगरको १०औँ वार्षिकोत्सव तथा ग्राजुएसन कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित किडजी स्कुलले आफ्नो १०औँ वार्षिकोत्सव तथा ग्राजुएसन सेलिब्रेसन भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेशका वन तथा वातावरण मन्त्री भिम पराजुलीले दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पराजुलीले किडजी स्कुलले विराटनगरमा छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले नेपालीहरू विदेश पलायन हुन बाध्य भइरहेको वर्तमान अवस्थामा स्वदेशमै

भन्सार छलीका अवैध लत्ताकपडा बरामद

बिराटनगर। मोरङ प्रहरीले भन्सार छली गरेर ल्याइएका अवैध लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२ चैत ३ गते दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका–६ सरोचिया स्थित मुरी मण्डलको घरको आँगनमा अवैध रुपमा भन्सार छली गरी ल्याइएका कपडा लुकाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरीले उक्त स्थानमा पुगेर

कान्तिपुर माविको ११औं वार्षिकोत्सव सम्पन्न

विराटनगर । कान्तिपुर माध्यमिक विद्यालयले आफ्नो ११औं वार्षिकोत्सव तथा अभिभावक दिवस तीनदिने विशेष कार्यक्रममार्फत भव्य रूपमा सम्पन्न गरेको छ। शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा १२ अध्ययन पूरा गरेका व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायका ७५० विद्यार्थीलाई औपचारिक बिदाइ गर्दै वार्षिक कार्यक्रम समापन गरिएको हो। फागुन १४ गतेदेखि सुरु भएको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले

कान्तिपुर स्कुलद्वारा ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सुरु

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सुरु गरेको छ। विद्यालय परिसरमा बिहीबारदेखि सुरु भएको तीनदिने उत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले वर्तमान समय प्रविधिको युग भएकाले विद्यालयहरूले विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आधुनिक प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए। उनले

रातोपाटी अनलाइनको समाचारप्रति दिनेशचन्द्र थपलियाको खण्डन, कानुनी उपचार खोज्ने चेतावनी

बिराटनगर।  रातोपाटी अनलाइन मा हालै प्रकाशित समाचारप्रति दिनेशचन्द्र थपलिया ले गम्भीर आपत्ति जनाउँदै सम्पूर्ण आरोपहरू अस्वीकार गरेका छन्। डा. शेखर कोइराला का स्वकीय सचिव थपलियाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचारमा उल्लेख गरिएका आरोपहरू “पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित” रहेको बताएका छन्। समाचारमा उनलाई विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको तथा गगनकुमार थापा विरुद्ध निर्वाचनमा षड्यन्त्र

नेपाली र्‍याप ‘टिङ टिङ्ग’ सार्वजनिक, देशको अवस्था र भ्रष्टाचारविरुद्ध कडा सन्देश

विराटनगर । नेपाली र्‍याप गीत ‘टिङ टिङ्ग’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। (BARISTHA) रितेश सापकोटाको स्वरमा रहेको उक्त गीत मंगलबार विराटनगरमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। गीतले वर्तमान राष्ट्रिय अवस्था, राजनीतिक विकृति तथा भ्रष्टाचारका विषयलाई उठान गरेको छ। गायक सापकोटाले गीतमार्फत देशले भोगिरहेको परिस्थिति, जनताको पीडा र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि प्रस्ट रूपमा प्रस्तुत

विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड

विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो । कार्यालयको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले एक समारोहबीच गरेका हुन् । विराटनगर–३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब

च्याम्पियन्स कराँते एकेडेमीका खेलाडीहरुलाई सम्मान

विराटनगर। विराटनगरस्थित च्याम्पियन्स कराँते एकेडेमीका खेलाडी विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरिएको छ। खेलाडीहरूलाई पारस मल्टिस्पेसिलिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र अस्पतालका लेखा प्रमुख इमरान अन्सारी तथा रोडशेष डेन्टल तथा ओरल केयर क्लिनिकका डा. शेखर कुमार मण्डलले खादा, टिका, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। गत शनिबार सम्पन्न तेस्रो बेलबारी