विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल
बिराटनगर। विराटनगरमा आयोजित एक कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले यस्तै पीडा सुनाए। उनीहरूको अनुभवमा, कागजमा सुनिश्चित गरिएका अधिकारहरू व्यवहारमा लागू हुन सकेका छैनन्। नागरिकता बनाउनदेखि लिएर विवाहको अधिकार र शिक्षामा पहुँचसम्म—हरेक ठाउँमा अवरोध रहेको उनीहरूले बताए। “समानताको कुरा त धेरै सुनिन्छ, तर हामीले त्यो महसुस गर्न पाएका छैनौं,” उनीहरूको भनाइ थियो। ब्लु डायमण्ड
विराटनगर । इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। चैत २० देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव वन, वन्यजन्तु तथा प्राकृतिक वातावरणमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। महोत्सवले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणबारे समुदायमा सचेतना फैलाउनुका साथै हिमाली क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। विराटनगरमा आयोजित
बिराटनगर । माडवारी महिला मंच तथा माडवारी युवती मंचको संयुक्त आयोजनामा बिराटनगरमा महिलाहरूका लागि साइक्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। “Perkup & Pedal” शीर्षकमा आयोजना हुन लागेको Ladies Cycling Competition आगामी चैत १४ गते (२८ मार्च २०२६) मा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १५ वर्षभन्दा माथिका महिलाहरूले सहभागिता जनाउन सक्नेछन्। स्वास्थ्य र आत्मविश्वास अभिवृद्धि
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले उपाधि जितेको हो । पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१
विराटनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाअन्तर्गतका प्रधानाध्यापकहरुको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) विराटनगरको नयाँ नेतृत्व चयन गरेको छ । भेलाले पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै संगठनलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । नवनिर्वाचित कार्यसमितिमा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार भट्टराई उपाध्यक्ष, विराट आधारभूत विद्यालयका
विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगंज वडा नं. २५ निवासी २५ वर्षीय बिपुल बर्मा रहेका छन्। प्रहरीका अनुसार २०८२ चैत ६ गते अपराह्न करिब ४ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो
विराटनगर । विराटनगरस्थित किडजी स्कुलले आफ्नो १०औँ वार्षिकोत्सव तथा ग्राजुएसन सेलिब्रेसन भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेशका वन तथा वातावरण मन्त्री भिम पराजुलीले दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा मन्तव्य राख्दै मन्त्री पराजुलीले किडजी स्कुलले विराटनगरमा छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले नेपालीहरू विदेश पलायन हुन बाध्य भइरहेको वर्तमान अवस्थामा स्वदेशमै
बिराटनगर। मोरङ प्रहरीले भन्सार छली गरेर ल्याइएका अवैध लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२ चैत ३ गते दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका–६ सरोचिया स्थित मुरी मण्डलको घरको आँगनमा अवैध रुपमा भन्सार छली गरी ल्याइएका कपडा लुकाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरीले उक्त स्थानमा पुगेर
विराटनगर । कान्तिपुर माध्यमिक विद्यालयले आफ्नो ११औं वार्षिकोत्सव तथा अभिभावक दिवस तीनदिने विशेष कार्यक्रममार्फत भव्य रूपमा सम्पन्न गरेको छ। शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा १२ अध्ययन पूरा गरेका व्यवस्थापन र होटल म्यानेजमेन्ट संकायका ७५० विद्यार्थीलाई औपचारिक बिदाइ गर्दै वार्षिक कार्यक्रम समापन गरिएको हो। फागुन १४ गतेदेखि सुरु भएको कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले