विराटनगरमा मोटरसाइकल दुर्घटनामा कोशी प्रदेशका क्रिकेट खेलाडी मिनष थापाको निधन

विराटनगर । कोशी प्रदेशका प्रभावशाली क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर दुःखद निधन भएको छ। बिहीबार राति विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमाएका हुन्। मोरङ प्रहरीका अनुसार प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आफैंले चलाइरहेका थापा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा राति करिब पौने १ बजे

साविक विजेता सरस्वती स्कुलले जित्यो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर ।साविक विजेता सरस्वती स्कुलले चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै

१८ औँ विराटनगर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन एभरेष्टलाई २ स्वर्ण

विराटनगर। विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले २ स्वर्ण पदक जितेको छ। विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको पहिलो दिन एभरेष्टले दुई स्वर्ण जित्दा, श्रीजनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले एक-एक स्वर्ण जित्न सफल भएको हो।

विराटनगरमा सक्रिय क्षयरोग खोजपडताल अभियान, ५ जना नयाँ बिरामी पहिचान

विराटनगर । क्षयरोगमुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’ अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ । महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा क्षयरोगको उच्च

सरस्वती र सत्यनारायण स्कुल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

विराटनगर । सरस्वती स्कुल र सत्यनारायण स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको पहिलोे सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २

किडजी स्कुल बिराटनगरमा स्पोर्ट्स मिट २०८२ भव्य रूपमा सम्पन्न

बिराटनगर। बरगाछीमा अवस्थित किडजी स्कुलमा मंगलबार स्पोर्ट्स मिट २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा खेलकुद कार्यक्रम आयोजना गरिएको हो। स्पोर्ट्स मिटअन्तर्गत ५० मिटर दौड, डोरी तान प्रतियोगिता, मार्बल ब्यालेन्स रेस, स्याक रेस, म्याथ रेस, एरेन्जिङ आइटम, फुटबल, क्रिकेट तथा कराँतेतर्फ काता

फागुन २१ को निर्वाचनका लागि १० लाखभन्दा बढी नयाँ मतदाता थपिए

विराटनगर। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १० लाख १६ हजार नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार हाल आयोगका कर्मचारीले नयाँ थपिएका मतदाताको विवरण रुजु गर्ने र दोहोरो परेका नाम हटाउने काम गरिरहेका छन्। प्रवक्ता भट्टराईले भने, “अहिले नयाँ मतदाताको नाम रुजु गर्ने र दोहोरो नाम परेको भए त्यसलाई हटाउने

जाडो थेग्न गुइँठाको‌ भरमा माथिल्लो मुस्ताङका बासिन्दा

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेँसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड

बंगलादेशमा उस्मान हादी हत्यापछि अर्को नेतामाथि पनि गोली प्रहार

बिराटनगर । विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा राजनीतिक हिंसा थप चर्किँदै गएको छ। हादीको मृत्युपछि एक अर्का राजनीतिक नेतामाथि पनि सार्वजनिक स्थानमै गोली प्रहार भएको छ। बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार नेसनल सिटिजन्स पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्ति केन्द्रीय संयोजक मोतेलब सिकदरमाथि सोमबार बिहान करिब ११ः४५

रवि–बालेन मिलेरै अघि बढ्ने सहमति

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ। सोमबार राति पूर्वसांसद असिम शाहको निवासमा करिब साढे पाँच घण्टा लामो भेटवार्ता भएको हो। भेटमा दुवै नेताबीच देशको वर्तमान अवस्था र आगामी दिनमा सहकार्यको सम्भावनाबारे खुलेर कुराकानी भएको बताइएको छ। भेटपछि