निर्वाहमुखी कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने –मुख्यमन्त्री कार्की (रासस) मोरङ,२७ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल उद्योग व्यापार महासंघ कोशीद्वारा आज मोरबको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र