सीमा नाकामा कडाइका कारण अवैध कारोबार सुनसरीतर्फ स्थानान्तरण विराटनगरको रानी नाकामा भएको कडाईका कारण अवैध कारोबार गर्ने व्यापारीहरू सुनसरी जिल्लाको खुला नाकाहरूतर्फ आकर्षित भएका छन्। भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालको निर्देशनमा रानी नाकाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएपछि यस्तो अवस्था सिर्जना भएको हो। यसअघि भारतबाट रानी नाका हुँदै दैनिक ३० हजारदेखि १ लाख रुपैयाँसम्मको राजस्व भन्सार