काठमाडौ। डेंगु जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारी, सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श
हेटौंडा। मन्दिरको दान पेटिका फुटाई नगद चोरी गर्ने किशोरलाई गरेको पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका – ७ निवासी १६ वर्षीय किशोर रहेका छन् ।हेटौंडा–६ गौरीटारस्थित श्री कृष्ण प्रणामी मन्दिरको दान पेटिकाबाट गत भदौ २४ गते नगद चोरी भएको थियो । मन्दिर संरक्षण समितिले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । चोरी गरी लगेको नगद
विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्याग गरेकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा माझीले पार्टी परित्यागको घोषणा गरेकी हुन् उनले देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको अवस्थामा राप्रपा त्यसतर्फ अघि बढ्न नसकेको आरोप लगाउँदै पदत्यागको घोषणा गरेकी हुन्। छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त
गोरखा। रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास)की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार अपरान्ह साँढे पाँच बजे बारीमा
विराटनगर। सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-१२ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो। कोराना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन्। संक्रमणबाट सिकिस्त बिरामी परेका पुरुषलाई शनिबार उपचारका
विराटनगर। झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी
विराटनगर। झापाको छुट्टा छुट्टै तीन स्थानमा करेन्ट लगाई माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति-२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ बर्षीय कमल बराईली बुद्धशान्ति गाउँपालिका-३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्टलागि घाईते भएका थिए । घाईते रसाईलीको स्थानिय सिटी
विराटनगर । वीरगन्जमा आइतबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका -६ लखनपुरका २७ वर्षीय इसराइल मियाँ रहेका छन् । प्रहरीका अनुसाार, वीरगन्ज महानगरपालिका-१३ राधेमाइका फुल महम्मद अन्सारीको घरमा चापाकल जडान गर्ने क्रममा आइतबार बिहान ७ बजे तिर करेन्ट लागेर मियाँको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते
विराटनगर। सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको हो। मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाका अनुसार म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५