काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरिएकाे हाे । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केहि निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताए। उनले कुन सरकारका पालामा
काठमाडौं। निर्मलराज काफ्ले ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका छन्।
बैतडी। भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन्। आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनका अनुसार आव २०७६/७७ मा ४५, २०७७/७८ मा ६०, आव २०७८/७९ मा ८४ जना हराएका हुन्। सो अवधिमा हराएकामध्ये अधिकांश महिला
काठमाडौं। काठमाडौं महानगरपालिका -११ त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी रकम संकलन गरी ठगी तथा कीर्ते गर्ने कसूरमा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका-१० चुन्वाङ
बिराटनग। सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार निजी अस्पतालबाट पनि स्वास्थ्य बिमा कार्यक्रमलाई अघि बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको हो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र बिमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने
झापा। झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका- ६ निवासी २३ वर्षीय राजेश कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। घाइते कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको डिएसपी पाठकले बताए। प्रहरीका अनुसार साउन ४ गते दिउँसो २
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चल्ने १६ वटा स्कुल बसलाई कारबाही गरेको छ छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने १६ वटा साधनहरूलाई कारबाही गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। साउन ८ गतेबाट सुरु भएको
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरु आन्दोलित भएका छन् ।चालकहरुले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु लामवद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध बिहानैदेखि एलएन चोकमा प्रदर्शन