सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर मागपत्र बुझाएको हो । महासंघले प्रदेश

प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले १४ महिनामै तीन पटक विश्वासको मत लिन लागेका हुन्। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ

संखुवासभाको खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका-७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका-२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक

महिलाको हत्या गरेको आरोपमा १ जना पक्राउ

संखुवासभाको खाँदवारी नगरपालिका-११ घर भई खाँदवारी नगरपालिका-७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका-२ घर भई लिभिङ टुगेदरमा शेर्पा संगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बिच फागुन १८ गते घरायशी बिषयमा बाद बिबाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक

उपेन्द्र यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको छ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पछिल्लो पटक उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाउनासाथ यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको हो । उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न साथ मन्त्री

मोरङको धनपालथानमा सशस्त्रका डीएसपी मृत फेला

मोरङको धनपालथानमा सशस्त्रका डीएसपी मृत फेला विराटनगर । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मृत फेला परेका छन्। सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख उनी कोठा भित्र झुण्डिएको अवस्था देखिएका हुन् ।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव

कोशीमा एमालेले माग्यो मुख्यमन्त्री

नेपाली कांग्रेसका नेता केदार गत असोज २७ गते मुख्यमन्त्री बनेका थिए। उनलाई राप्रपाबाहेक अन्य दलका प्रदेश सांसदले विश्वासको मत दिएका थिए। सरकार गठनको अन्तिम विकल्प (संविधानको धारा १६८ को उपधारा ५ बमोजिम) प्रयोग गर्दै मुख्यमन्त्री बनेका केदार नेतृत्वको सरकार धरमरमा परेको कतिपयको विश्लेषण छ। कतिपयले भने केदार नेतृत्वकै सरकार रहिरहने जिकिर गरेका छन्। अहिलेको सरकार

अटोले साइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, दुई जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-८ स्थित सम्झना चौकमा आइतबार साँझ ६:५० बजेको समयमा मे १ ह ५८०५ नम्बरको अटोले ठक्कर दिँदा साइकलमा सवार शिवसताक्षी-८ की ९ वर्षीया शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा शीतलका बुवा दिलीप श्रेष्ठ र उनका दिदी ११

अर्थतन्त्रको निर्माण अपरिहार्य छ : पूर्वराष्ट्रपति भण्डारी

मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले जारी गरेको शुभकामना सन्देशमा नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख छ । सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको उनको दाबी छ।

ब्राउन सुगर सहित १ जना पक्राउ

झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ९ का ३३ बर्षीय नरेश राजवंशी रहेका छन् । हिजो दिउसो ११ बजे अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल साईकलमा आउदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो