रत्‍नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडौं। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्‍नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्‍नपार्कपार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर

देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु शनिबार मधेस प्रदेशको राजधानी आउँदै

जनकपुर। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु शनिबार मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्। गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेका कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए। कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगे

कपिलवस्तु। कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो। सो दुर्घटनामा साइकल यात्री एक जना र ३ शशस्त्र प्रहरीसहित ४

दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३, असारीका २२ वर्षीय विकाश राई रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २-०१-००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीको स्वास्थ्य सामान्य बन्दै

काठमाडौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको स्वास्थ्य सामान्य बन्दै गएको छ । डेंगु संक्रमण पुष्टि भएपछि विर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ । यसअघि केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । विर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। आक्रमणबाट ११ वर्षीया बीना चेपाङको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानीआमाको घर जाँदै गर्दा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। शुक्रबार बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा

कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु

विराटनगर। विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। उनका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर

बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा बरामद

विराटनगर। मोरङको जहदा गाउँपालिका–२ भातीगछस्थित बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा प्रहरीले शुक्रबार बिहान १५ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बिहान ५:३० बजेतिर लागूऔषध गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा गाँजा बरामद गर्न प्रहरी पुगेको थियो । गाँजा कसले लुकाएको हो भन्ने यकिन

रूसले युक्रेनको कब्जा क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरे

मस्को। रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आफूले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको बताए। सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला-५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी