६ वर्षीय एक बालकले शिक्षिकालाई गोली हाने

वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न

कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एक जनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल

एक समूहले नक्कली कम्पनी खडा गरी करोडौँ रुपैयाँ ठगी गरे

काठमाडौं। एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ। उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भइ काठमाडौं

श्रम स्वीकृति बिराटनगर र जनकपुरबाट पनि लिन सकिने

विराटनगर। बिराटनगर र जनकपुरबाट आइतबार देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलि आइतबार देखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने भएको हो । यस अघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको

अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न असफल

विराटनगर । खुला सिमानाको कारण अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न चालिएको कदम अहिले पनि पुर्णरूपमा सफल हुनसकेको छैन। विराटनगर रानी भन्सार कार्यालयले जोगवनि बजारबाट समान किनेर ल्याउनेलाई राजश्व तिर्न लगाएर समान छोडि दिए पनि जोगवनिका ठूला व्यापारीहरूले अबैध रूपमा सोही बाटोबाट विराटनगर सम्म समान ल्याईदिने गरेका छन्। जोगवनिका नाम चलेका कपडा व्यवसायहरू

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार:अध्यक्ष नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्। पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए। संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले

आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु

सुनसरी। जिल्ला सदरमुकाम इनरुवामा आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको छ । सनातत कूटुम्भ नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विषेश सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा नगरक्षेत्रका पाँच हजार बढी बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश गरेर विधार्थी

बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

कम्पाला। उत्तरी युगाण्डाको ओयाम जिल्लामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको छ। राजधानी कम्पालाबाट गुलु जाँदै गरेको बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको मृत्यु भएको पाइएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनाको कारण

पछिल्लो २४ घन्टामा देशभरबाट ७८३ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि

काठमाडौं। थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७८३ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २११ र एन्टीजेनबाट ५७२ जनाको परीक्षण गर्दा २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल

समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने : नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी