प्रतिबन्धित लागू औषध सहित दुई युवक पक्राउ

जनकपुरधाम। नेपाल–भारत सीमाको धनुषाबाट प्रतिबन्धित लागू औषध सहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। धनुषाको विदेह नगरपालिका १ सीमा स्थित नाकामा लागू औषध ओसार–पोसारमा संलग्न दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सीमा सुरक्षा बल महिनाथपुरबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा भारतबाट नेपाल नेपाल ल्याउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा लागू औषध बरामद भएको हो।

डेंगु संक्रमणबाट २९ जनाको मृत्यु; साढे २२ हजार भन्दा बढी डेंगुको संक्रमण

विराटनगर। नेपालमा अहिलेसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो। २०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ। जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१,

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ । शुक्रबार दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आमनागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना

राष्ट्रपति भण्डारीको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

विराटनगर। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ । शुक्रबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो । सो रिटमाथि आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता बिमल पौडेलले अन्नपूर्णलाई जानकारी दिए। नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश डा.मनोज

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर

विराटनगर। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्येनजर गर्दै खटाइएका दुई निर्वाचन अधिकृत हेरफेर गरेको छ। असोज ६ गतेदेखि लागूहुनेगरी इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा खटाइएका सर्वोच्च अदालतका उपसचिव देवेन्द्र ढकाललाई हटाइएको छ। उनको ठाउँमा राजकुमार दाहाललाई खटाएको छ। यस्तै आयोगले बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा अशोकराज रेग्मीलाई हटाएर बाबुराम पाण्डेलाई

निर्वाचन आयोगले २४ घन्टाभित्र अर्थसचिवलाई समावेश बाहेकका योजना र कार्यक्रममा रकमान्तर निकासाको विवरण बुझाउन निर्देशन

विराटनगर। निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश बाहेकका बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितताको विवरण २४ घन्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरी पुष्करलाई  दिएको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति घोषणा भएपछि बजेट रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न

गाडीले किचेर १७ महिनाको बालकको मृत्यु

भक्तपुर। भक्तपुरमा शुक्रबार गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि खेल्दाखेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नं. को निशान गाडीमुनि छिरिरहेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर बालकको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपाँलिका वडा

इलाममा अरिंगालले टोकेर १० जना घाइते

इलाम। इलाममा अरिंगालले टोकेर १० जना घाइते भएका छन्। शुक्रबार बिहान शुक्रबारे बजारबाट नयाँबजार जाने क्रममा अरिंगालले टोकेका उनीहरूलाई अस्पताल पठाइएको स्थानीय देवी अधिकारीले जानकारी दिए। अरिंगालले टोकेका १० मध्ये उषा घिमिरे र रविन पौड्याललाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि झापा पठाएको प्रहरी हवल्दार भोला ठाकुरले जानकारी दिए। अन्यको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको

हत्या गरेको आरोपमा संलग्न ९ जना पक्राउ

इलाम । झापाको दमक नगरपालिका(३ बेलडाँगीका ४४ बर्षीय एल।बि। भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका(५ पकुवा स्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०र१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार

भीमफेदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

हेटौंडा। भीमफेदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। हेटौंडा अस्पतालमा लैजाने क्रममा बाटोमै थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या सात पुगेको हो। मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको