विराटनगर। ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार
काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा
काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार, सञ्चार संस्था, सुरक्षाकर्मी, विभिन्न पेसाकर्मीहरुलाई पालना गर्नुपर्ने विषयहरु बुँदागतरुपमा उल्लेख छ। राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा
विराटनगर। मोरङमा अपांग युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ। शारीरिक रूपमा अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जनालाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो। प्रवक्ता
मस्को (सिह्वा)। रूसको इजेभ्स्क सहरको एक विद्यालयमा गोली चल्दा ७ विद्यार्थीसहित १३ जनाको मृत्यु भएको छ। पश्चिमी रूसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको सहरी प्रशासन भवननजिकै रहेको विद्यालयमा सोमबार गोली चलेको हो। उक्त गोलीकाण्डमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको रूसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ। सो घटनामा १४ बालबालिका र अन्य
काठमाडौं। बालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको छ। नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डीफ्युजन नोटिस जारी गरेको हो। नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईले तीन दिनअघि नै इन्टरपोलमा डीफ्युजन नोटिस जारी भएको बताए। ‘नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले तीन दिनअघि नै डीफ्युजन नोटिस जारी
विराटनगर। प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड भन्दा बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ। नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन
हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन अब सबै राजनीतिक दलहरुले साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन् । मकवानपुरगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक आर्थिक रुपमा समृद्ध हुन नसक्दा पटक–पटक फेरिएको व्यवस्था आम नेपाली जनताका लागि निरर्थक सावित भएको बताए । उनले अब सबै दलले आर्थिक
विराटनगर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट लड्ने तरखरमा रहेकी नेकपा एमाले नेतृ भगवती चौधरी अहिले चुनावी तयारीमा छिन्। पूर्वराज्यमन्त्रीसमेत रहेकी चौधरी दुई पटकका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग चुनावी प्रतिस्पर्धा गर्दै छिन्। चौधरी लगातार तेस्रो पटक गच्छदारसँग भिड्न लागेकी हुन्। गच्छदारसँग उनी २०७० सालको दोस्रो संविधानसभाको चुनाव
काठमाडौं। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्काे रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो। गत असोज ४ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न