डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दार कार्यमा खटिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले बुधबार विज्ञप्ति जारी गर्दै डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा गएको भूकम्प परी घाइते भएकालाई तत्काल राहत र उद्दारमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले

अवैध गाँजा सहित मानिस पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

विराटनगर। कार्तिक शुक्ल पूर्णिमाका दिन आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ५:१३

सामाजिक सञ्जाल ट्वीटरले गलत मनसायबाट खोलिएका ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने

काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरले गलत मनसायबाट खोलिएका ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने भएको छ। ट्वीरका मालिक एलन मस्कले यसबारे जानकारी दिएका छन्। उनले त्यस्ता खाताहरुले स्पष्टरुपमा ‘प्यारोडी’ खाता रहेको उल्लेख गर्नुपर्ने जनाएका छन्। उनले प्यारोडी उल्लेख नभएका खाताहरुलाई स्थायीरुपमा प्रतिबन्ध गर्ने ट्वीटरमा उल्लेख गरेका छन्। ट्वीरलाई आफ्नो स्वामित्वमा लिएपछि मस्कले नक्कली खाताहरुलाई सधैंका लागि बन्द गर्ने

राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदैछिन। राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत् त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आज त्यसतर्फ जान लागेकी हुन्। राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको

विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्ता पक्राउ

बझाङ। बझाङमा निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका तीन जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपु्र अदालत नजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपाका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल थापा, विकास

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आम निर्वाचन बहिष्कार गर्ने

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । मसालको हालै सम्पन्न बैठकले निर्वाचनमा सहभागी नहुने र जनतालाई चुनावमा भाग नलिन अनुरोध गर्ने निर्णय गरेको हो । मसालले संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी व्यवस्था स्थापना गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला

बुटवल। रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोल ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् । प्रहरीका अनुसार कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । देवदह प्रहरी चौकी प्रमुख रहेका

देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखाको शिरमा ढाका टोपी

विराटनगर। मोरङ (बेलबारी) । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई

घरदैलो अभियानमा गठबन्धनका उम्मेदवार, मतदाताको साथ पाउँदै :कांग्रेसका सीताराम मेहता

सुनसरी। आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा सत्ता गठबन्धनका उममेदवार घरदैलोमा छन् । सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका सीताराम मेहता र प्रदेशसभातर्फ क्षेत्र नं. २ (क) बाट माओबादी केन्द्रका द्वारिकलाल चौधरी अहिले घरदैलोमा छन् । घरदैलोका क्रममा सुनसरी २ मा कांग्रेसका सीताराम मेहताले मतदाताको