समानुपातिक उम्मेदवार बन्दसूचीबाट नाम फिर्ता लिन चाहेमा मध्यान्ह १२ बजेसम्म लिन पाउने

विराटनगर। मङ्सिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको संशोधित बन्दसूचीमा सूचीकृत उम्मेदवारले आज १२ बजेभित्र नाम फिर्ता लिन पाउने छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ। उम्मेदवारको बन्दसूचीबाट फिर्ता

अर्घाखाँचीको डम्मरु दहमा डुबेर एक जनाको मृत्यु

सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको डम्मरु दहमा डुबेर एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका-३ ठाडामा रहेको डम्मरु दहमा डुबेर स्थानीय ३७ वर्षीय खिमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। बिहान करिब ८ बजेतिर दहमा हाम फालेको देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयले पानीमुनि हिलोमा

राष्ट्रपति भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा टुँडिखेलमा विशेष फूलपाती बढाइँ समारोह-२०७९ सम्पन्न

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह-२०७९’ सम्पन्न गरिएको छ। फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो। हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती)को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा

निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोके

विराटनगर। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ। आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो। खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने

विराटनगर। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने भएको छ। महासंघ सुर्खेत शाखाले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा केन्द्रीय साधारणसभाबारे गरिएको छलफलमा उक्त मिति तय गरिएको हो। महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले नगरकोट बैठकबाट आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए। कार्यक्रमका

झुटो जाहेरी दिने एक जना महिला पक्राउ

भक्तपुर। झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिए। उक्त निवेदनउपर अनुसन्धान गर्दा

घुम्तीमा गुडिरहेको बसमा आगलागी

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका(१ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका(२ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन । हि जो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे।बी। कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका(६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका(५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका(८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनको साथबाट

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका(२ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका(३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन । हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका(४ स्थित मध्य पहाडी लोकमार्गमा को।४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित