सरकारमा नजाने : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सरकारमा नजाने र कांग्रेस नेतृत्वको सरकार बनाउन पहल गर्ने बताए। उनले भने,’ कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ। मेरो सोचाइ पनि यही हो र

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अ-शान्ती

विराटनगर । वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ ।

उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी

प्योङयाङ। उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो। जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ। उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका

एयरपोर्ट रोडलाई नमुना सडक बनाउने महानगरको उद्देश्य : बिशेष सरसफाई

विराटनगर । विराटनगर महागरपालिकाले एयरपोर्ट रोड सरसफाई गरिएको छ। विराटनगर-४ स्थित एयरपोर्ट रोडलाई नमुना सडक बनाउने उद्देश्यका साथ सरसफाई गरिएको हो । फोहोर हुँदा विमानबाट विराटनगर आउने आगन्तुकमा नकारात्मक असर पर्ने भएकाले सरसफाई गरिएको महानगरले जनाएको छ । सरसफाईसँगै सडक छेउछाउ बनाइएका अवैध संरचनासमेत हटाइएको वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले जानकारी दिए ।

पाल्पामा घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परे

पाल्पा। पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बाइसे चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार

मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द

जोमसोम। मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द भएका छन्। अत्यधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थाहरूलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो। मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गापाको ३, लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालयहरू घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ। यसबाहेक २२

भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थाले

एजेन्स। भारतमा मोबाइल प्रयोगकर्ताको संख्या घट्न थालेको छ। मोबाइल प्रयोगकर्ताको संख्या लगातार घट्दै गएको भारतीय दूरसञ्चार विनियामक प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पछिल्लो दुई महिनामा मात्र ५४ लाख ७७ हजार मानिसले मोबाइल चलाउन छोडेका छन्। प्राधिकरणको तथ्यांक अनुसार अक्टोवरमा मोबाइल प्रयोगकर्ता १ अर्ब १४ करोड ३६ लाख थिए। अगस्टमा यो संख्या १ अर्ब १४ करोड

म देउवाको प्रस्तावक बस्दिनँ:रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको विषय पेचिलो बन्दै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने गृहकार्यमा रहिरहेका बेला संस्थापन इत्तर पक्षले गगन थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि कांग्रेसमा नयाँ बहस सुरु भएको छ। संस्थापन इत्तर समूहको मंगलबार बिहानको बैठकले गगन थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेपछि अंक

कैलालीमा दिनदहाडै गोली चल्यो

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टाेली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गाेली चलेकाे हाे । गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी-९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए । गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला

पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको मंगलबार बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उच्च रक्तचापका कारण उनलाई गएको मङ्सिर ११ डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो । रासस