काठमाडौं। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन्। देउवा बुधबार बिहान बालुवाटारबाट निस्किएका हुन्। बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकाले देउवा धुम्वाराहीस्थित भाडाको घरमा सरेका हुन्। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि बुधबार मात्रै देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेका हुन्।
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ । यसको
मेवाको पात देखि बिउ सम्म मानव शरीरको विभिन्न रोगहरुको ओषधि हो। यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ। खतरनाक रोगहरुबाट छुटकारा पाउनमा मदत पुर्याउछ। मेवाको पात सेवन गर्नाले हुने फाइदाहरु: १. शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो
काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक ७.८५ अंकले बढेर १९९१.८० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो। प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो। सोही सेसनमा २२ कम्पनीको कारोबार
नयाँ दिल्ली। भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्। जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’ घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी
बागलुङ। बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३
बिहार। भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् । सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा
जनकपुरधाम। धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीमा भतिजा आफ्नै काकीको हत्या गरेको छ। घटना सोमबार साँझ ५ बजेको हो जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको खबर आयो। त्यसको केही छिनमै करेन्ट लागेको एक जनाको घटना स्थलमा मृत्यु भएको भन्ने खबर आयो। साथै घटनामा एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको खबर
काठमाडौं। संघीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ। सचिवालयले मंगलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो। गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ। ‘प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा
साना। यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल इन्धन अभावका कारण आइतबारदेखि बन्द भएको छ। अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको बताए। उनले नाम गोप्य राख्ने शर्तमा भने, ‘मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ।’