झापा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्तरिक र बाह्य स्वार्थहरूबाट गठित गठबन्धन सरकार यस निर्वाचनमा पछारिने बताएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएपश्चात् दमकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्। २०७४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा एउटा देशभक्त सरकार बनेको थियो। एमाले सरकारमा हुँदा
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्। शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ। उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो
विराटनगर। मोरङको कटहरी गाउँपालिका-७ लोहन्द्र खोलामा ट्याक्टरको ईन्जिनले किचेर चालकको मृत्यु भएको छ । शनिवार दिउँसो को १ त १२३४ नम्बरको ट्र्याक्टरमा बालुवा लिई फर्कने क्रममा ईन्जिनको भाग माथी तर्फ ऊठेर चालकलाई किच्दा घाईते भएका चालक स्थानीय ३२ बर्षीय बरुण सरदारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर। झापाको भद्रपुर नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका-३ का २० बर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका-४ डांगीवारीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ
हेटौंडा। नेकपा एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। प्रतिनिधिसभा मकवानपुर-१ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरको विरोधमा उनीहरुले आज बिहान तालाबन्दी गरेका हुन्। एमालेले यस अघि उक्त क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टी अध्यक्ष केपी ओलीले शनिबार उक्त निर्णय परिवर्तन
विराटनगर। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सूची सार्वजनिक गरेको हो। आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो। आयोगका
विराटनगर। जनता समाजवादी पार्टीले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो जसपाले उम्मेदवारको टुंगो लगाएको हो । एमालेसँग तालमेल गरेको जसपाले प्रतिनिधिसभामा १७ सिट पाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भएको सहमति अनुसार जसपालाई प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट
विराटनगर। नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा भोजराज अधिकारीलाई टिकट दिएको छ। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको उक्त निर्वाचन क्षेत्र भाग परेपछि अधिकारीलाई उम्मेदवार बनाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त क्षेत्रबाट २०७४ सालमा जितेका थिए। सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष रहेका अधिकारीले मनोनयन पत्र दर्ता गराउनु
विराटनगर । २० असोज, विराटनगर १२ स्थित पाञ्चाली नहरमा प्रदेश सभा निर्वाचनका प्रत्याशी उम्मेदवार तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा दुर्गा पूजा सम्पन्न भएको छ । यस स्थानमा पहिलो पटक दुर्गा माताको प्रतिमा स्थापना गरी दुर्गा पुजाको आयोजना गरिएको यस नव दुर्गा पूजा समारोह समितिका अध्यक्ष राजकुमार रामले बताएका छन् ।
विराटनगर। नेपालमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १३७५ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८५० र एन्टिजेनबाट ५२५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३० र एन्टिजेनबाट ३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप ६६