धनुषामा भतिजा आफ्नै काकीको हत्या गरे

जनकपुरधाम। धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीमा भतिजा आफ्नै काकीको हत्या गरेको छ। घटना सोमबार साँझ ५ बजेको हो जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको खबर आयो। त्यसको केही छिनमै करेन्ट लागेको एक जनाको घटना स्थलमा मृत्यु भएको भन्ने खबर आयो। साथै घटनामा एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको खबर

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ निलम्बन

काठमाडौं। संघीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ। सचिवालयले मंगलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो। गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ। ‘प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा

इन्धनको चरम अभावका कारण अस्पतालका सेवा नै बन्द

साना। यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल इन्धन अभावका कारण आइतबारदेखि बन्द भएको छ। अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कारण सेवा नै बन्द गर्नु परेको बताए। उनले नाम गोप्य राख्ने शर्तमा भने, ‘मृगौला रोगीहरूको उपचारमा विशेषज्ञता प्राप्त केन्द्र पनि समावेश रहेको अल–थावरा जनरल अस्पतालका सबै शाखाहरू ईन्धनको गम्भीर सङ्कटपछि बन्द गरिएको छ।’

युक्रेनी ड्रोन रूसी हवाई शिविरमा खसालियो, तीन जनाको मृत्यु

किभ। रूसी हवाई सुरक्षा फौजले युक्रेनको एउटा ड्रोन दक्षिणी रूसको एक हवाई शिविरनजिक पुगेपछि रूसले खसालेको रूसी समाचार संस्थाहरूले सोमबार बताएका छन्। उक्त घटनामा तीन जना रूसी प्राविधिकको मृत्यु भएको रूसले जनाएको छ। यो महिना एङ्गेल्सको शिविरमा भएको यो दोस्रो आक्रमण हो। एङ्गेल्स, दक्षिणी सारातोभ क्षेत्रमा, युक्रेनबाट ६०० किलोमिटर (३७० माइल) भन्दा बढी दूरीमा अवस्थित

जसपा सरकारमा जाने-नजाने विषय बैठकपछि मात्र टुङ्गो लाग्ने

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल (जसपा) सरकारमा जाने-नजाने विषय बैठकपछि मात्र टुङ्गो लाग्ने भएको छ। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने नहुने तय हुन बाँकी रहेको जानकारी दिए। उनका अनुसार पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठक सरकारमा जाने-नजाने

हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए

बोर्नो। नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन्। बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकूहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन्। वायुसेनाले गरेको हवाई हमलाको पहिलो

प्रदेश नम्बर १ प्रदेशसभाको प्रथम अधिवेशन पौष १७ गते बस्ने

विराटनगर। प्रदेश नम्बर १ प्रदेशसभाको प्रथम अधिवेशन आउँदो पौष १७ गते बस्ने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णयबमोजिम आउँदो आइतबार प्रदेश सभाको पहिलो बैठक बस्ने भएको हो। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पौष १७ अपरान्ह १ बजेका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको छ। बैठकले अधिवेशन

अर्थमन्त्रीमा पौडेलको चर्चासँगै सेयर बजारमा चमक देखिए

काठमाडौं। अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको चर्चासँगै सेयर बजारमा चमक देखिएको छ। एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ प्रधानमन्त्री बनेका हुन्। माओवादी केन्द्रको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको रुपमा पौडेलको नाम चर्चामा छ। कारोबार सुरु भएदेखि सोमबार नेप्से परिसूचक उकालो लागेको छ। यो समाचार तयार पार्दासम्म (दिउँसो १ बजेसम्‍म) नेप्से

आर्थिक संकटमा विराटनगर

विराटनगर। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाले अहिले चरम आर्थिक संकटमा पुगेको छ । महानगरपालिकाको मेयर नागेश कोइरालाले अस्थाइ र करार कर्मचारीहरुलाइ पुनर्बहाली गारे पछि तीनिहरुलाई तलब खुवाउने असहमत भएको भन्दै केही कर्मचारीहरुलाई अबकास दिएका छन । महानगरपालिकामा करुणा फाउन्डेसन प्रयोजना अन्तरगत कार्यरत आधा दर्जन कर्मचारीलाई उनिहरुको काम सन्तोस जनक नभएको भन्दै अबकास दीई सकेका

व्यापारीसँग नियन्त्रणमा लिएको सुन आफै राख्ने डीएसपी केसी पक्राउ

बुटवल। बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो । सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। उनका साथबाट २५