हेटौंडा। नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरोधीलाई आगामी निर्वाचनमा मतदान नगर्न आग्रह गरेकी छन् । हेटौंडामा आयोजित कार्यक्रममा नेतृ डीनाले प्रतिगमनको पक्षधरलाई बहिस्कार गर्ने बेला भएको बताइन । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी उनले मतदान गर्नुपूर्व संविधानको रक्षाका गर्न जुटेका र बर्खिलापमा गएकाको पहिचान
सोलुखुम्बु। सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन्। घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहिबार सोलुदुधकुण्ड नगरपालिका- २ स्थित सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरि घाइते
विराटनगर । उज्जवल बहुउद्देश्यीय सहकारी संस्थाले प्रथम वार्षिक उत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। प्रथम वर्ष पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरम एक कार्यक्रमको आयोजन गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। मोरङको कटहरी गाउँ पालिका वडा ४ सुदामा चोकमा उज्जवल बहुउद्देश्यीय सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रमको प्रमुख अथिति नेकपा माओवादी केन्द्रका
काठमाडौं। संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। उनका अनुसार जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। जोशीका भतिजा अजरमान जोशीले पनि सत्यमोहन जोशीको निधन भएको पुष्टि गरे।
विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचमा निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन चिन्हमा सामान्य हेरफेर गरेको छ। निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले चिन्ह हेरफेर गरिएको आयोगले जनाएको छ। यही असोज
काठमाडौं। थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १७६३ नमूना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७४५ र एन्टिजेनबाट १०१८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४५ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १६ जना कोरोनामुक्त
विराटनगर। सिरहा गोलबजार-३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका-६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका-५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसैगरी बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने
विराटनगर। मोरङमा बिहिबार राति फर्निचर उद्योगमा आगलागी भएको छ। विराटनगर महानगरपालिका-९ मा रहेको माता धनवन्ती फर्निचर उद्योगमा बिहीबार राति आगलागी भएको हो । मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा बिहिबार राति ८ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँले बताउनुभयो। प्रवक्ता डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक विवरणअनुसार